जनगणनामा युवा पुस्ता परिचालन : अहिल्याको संयोजनमा जुम कार्यक्रम सम्पन्न

लण्डन । आगामी २१ मार्चमा हुने जनगणनामा युवा तथा नयाँ पुस्तालाई समावेश गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले पहल गरेको छ । इंग्ल्याण्ड समन्वय परिषद्ले बेलायतस्थित नेपाली नयाँ पुस्तालाई जनगणनामा सहभागी गराउन सोमबार जुम अन्तरक्रिया आयोजना ग-यो ।

साउथ इस्ट लण्डनमा सक्रीय समाजसेबी तथा एनआरएनए युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद् जनगणना सचेतना कार्यक्रमकी युवा संयोजकअहिल्या कुंबरले संयोजन गरेको कार्यक्रममा सिएनएस युके अध्यक्ष तथा अक्सफोर्ड विश्व विद्यालयका प्राध्यापक डा कृष्ण अधिकारी र ओएनएसका समीर गुरुङले जनगणनाको महत्वका बारेमा युवा पुस्तालाई जानकारी गराएका थिए । उनले विगतमा गरिएको जनगणनाका बारेमा विस्तृत जानकारी गराएका थिए । त्यस्तै, गुरुङले जनगणनामा बेलायत सरकारले कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी दिए । उनले जनगणनाका बारेमा केही जिज्ञासा भए एनआरएनए युके र सिएनएस युके मार्फत काम गरिरहेको जानकारी गराए ।

सचेतना कार्यक्रममा जनगणनाको महत्वकै बारेमा चेल्सी गुरुङले मन्तव्य राखेकी थिइन । बेलायतमा जन्मिएका युवा पुस्तालाई समेटिएको जुम सचेतना अन्तरक्रियामा सहभागी सबै लाई परिषद् सचिव गोविन्द खरेलले स्वागत गरे । जनगणना कार्यक्रमका संयोजक तथा एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठले युवा पुस्ताले जनगणनामा सहभागिता जनाई भविष्यमा नेतृत्व लिनु पर्ने बताए ।

जुम अन्तरक्रियामा सहभागी युवाहरुलाई सम्बोधन गर्दै एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले जनगणनामा सहभागी हुन र एथ्निसिटीबारे सोधिएको प्रश्नमा ‘नेपाली’ लेख्न विशेष अनुरोध गरिन् । सुस्मिता थापाले संचालन गरेको सचेतना अन्तरक्रियामा सहभागीहरुलाई युवा संयोजक कुवरले धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त अन्तरक्रियामा एनआरएनए युके उपाध्यक्ष रोजीना राई र महिला संयोजक प्रसुना कंडेलले पनि जनगणनाको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

बेलायतको होम अफिसका अनुसार करीव ४० हजार नेपालीले बेलायती पासपोर्ट लिइसकेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com