नेकपा विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) माथि लगाएको प्रतिबन्ध सरकारले फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गरेको हो।

बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५ फागुन २८ गतेदेखि सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीकाअनुसार आज विहान भएको तीन बुँदे सहमति अनुसार विप्लब समूहमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो ।

शुक्रबार दिउँसो हुने औपचारिक कार्यक्रममार्फत् जेलमा रहेका सो समूहका नेता तथा कार्यकर्ता रिहाईको औपचारिक घोषणा गरिने मन्त्री चौधरीले बताउनुभयो । विहान भएको दुई पक्षीय सहमतिलाई मन्त्रिपरिषद बैठकले अनुमोदन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (विप्लब समूह) का महासचिव नेत्रविक्रम चन्दले औपचारिक सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com