ब्रिटिश राजदरबारले 'गलत समाचार फैलाएको' राजकुमार ह्यारी पत्नी मेगन मार्कलको आरोप

लण्डन। बेलायतका राजकुमार ह्यारी पत्नी मेगन मार्कलले ब्रिटिश राजपरिवारले उनी र उनका पति राजकुमार ह्यारी विरुद्ध गलत खबरहरू फैलाइरहेको हुनसक्ने बताएकी छन्। उनी ब्रिटेनकी डचिस् अफ ससिक्स र महारानी एलिजाबेथकी कान्छी नातिनी बुहारी हुन्।

प्रसिद्ध अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता ओप्रा विन्फ्रेलाई दिएको एक भिडिओ अन्तर्वार्ताको एक अंशमा डचिस् मेगन मार्कलले ब्रिटिश राजपरिवारले उनी चुप लागेर बस्छिन् भन्ने अपेक्षा नगरेपनि हुने बताएकी छन्।

उक्त अन्तर्वार्ता प्रसारण हुनअघि उनको त्यस्तो अभिव्यक्त रहेको भिडिओ क्लिप सार्वजनिक गरिएको छ।

बीबीसीका अनुसार मेगन मार्कलले उनी केन्सिङ्गटन राजदरबारमा बस्दा त्यहाँका कर्मचारीहरूलाई डरधम्की देखाएको भन्ने आरोपका सम्बन्धमा छानबिन गरिने शाही अधिकारीहरूले बुधवार मात्र बताएका थिए। ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ता रेकर्ड भैसकेपछि मात्रै मेगन मार्कल विरुद्ध लगाइएको अभियोगबारेका विवरणहरू सार्वजनिक भएका हुन्।

अमेरिकामा आइतवार र यूकेमा सोमवार प्रसारण हुने भनिएको उक्त अन्तर्वार्तामा ह्यारी र मेगनले ब्रिटिश राजपरिवारको सकृय सदस्यका रूपमा विताएको छोटो समयको अनुभवबारे बताउने अनुमान गरिएको छ।

सीबीएस टेलिभिजनले सार्वजनिक गरेको उक्त कार्यक्रमको ३० सेकेन्ड लामो अंशमा ओप्राले सोध्छिन्:”तपाईँले आफ्नो बारेमा आज सत्यतथ्य बताएको कुरा सुनेर राजदरबारले कस्तो प्रतिक्रिया देला भन्ने लाग्छ?”

जबाफमा मेगन भन्छिन्: ” द फर्म (राजदरबार) ले हाम्राबारेमा नभएका कुराहरू फैलाउनमा सक्रिय भूमिका खेलिरहेको अवस्थामा यतिका समय बितिसक्दा पनि हामी त्यतिकै चुप लागेर बस्नेछौँ भनेर तिनीहरूले कसरी अपेक्षा गर्न सक्छन् र?”

सन् २०२०को मार्चा महिनामा ड्यूक र डचिस् अफ ससिक्सले ब्रिटिश राजपरिवारका सक्रिय वरिष्ठ सदस्यका रूपमा आफ्नो जिम्मेवारी परित्याग गरेका थिए।

राजकुमार ह्यारी र मेगन मार्कल हाल आफ्ना छोरा आर्चीसहित अमेरिकामा बसोबास गर्दछन्।
समाचार

ब्रिटेनको टाइम्स समाचारपत्रमा बुधवार प्रकाशित समाचारमा मेगन मार्कलले राजपरिवारको सक्रिय सदस्यको हैसियतमा रहेका बेला उनले आफ्ना कर्मचारीलाई डरधम्की देखाएको भन्ने आरोप लागेको भनिएको छ।

सन् २०१८ को मे महिनामा भएको विवाहपछि ह्यारी र मेगन केन्सिङ्गटन दरबारमा बसेका बेला त्यही वर्षको अक्टोबर महिनामा डचिसको व्यवहार विरुद्ध उजुरी परेको समाचारमा उल्लेख छ।

राजकुमार ह्यारी र मेगनले त्यस्तो आरोपको खण्डन गरेका छन्। र मेगनको प्रवक्ताले सो समाचारका सम्बन्धमा एक वक्तव्य जारी गर्दै “उनको चरित्रमाथिको यो पछिल्लो हमलाबाट डचिस् साह्रै दुःखी भएको” बताएका छन्।

यसअघि नै राजकुमार ह्यारीले आफू र आफ्नो परिवारलाई ब्रिटिश प्रेसबाट जोगाउनका लागि सक्रिय राजकीय जीवन परित्याग गर्ने निर्णय गरेको बताएका थिए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com