बेलायतका लागि नवनियुक्त नेपाली राजदुत लोकदर्शन रेग्मीद्वारा लण्डनस्थित दुताबासमा पदबहाली

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत लोकदर्शन रेग्मीले सोमबार लण्डनस्थित नेपाली राजदुताबासमा पदबहाली गरेका छन् । नेपालबाट सोमबार नै बेलायत आइपुगेका रेग्मीले लण्डनस्थित दुताबासमा पदबहाली गरेको दुताबासले जानकारी दिएको हो ।

यसअघि हिथ्रो विमानस्थलमा रेग्मीलाई दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदारलगायत दुताबासका कर्मचारीले स्वागत गरेका थिए ।

रेग्मीले बेलायतका लागि नेपालको २१ओैं राजदुतका रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।

सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए ।

Press Release 1 March-2

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com