जोनसन एन्ड जोनसन खोप एकै मात्रा लगाउँदा पनि 'सुरक्षित र प्रभावकारी'

वासिंगटन। अमेरिकी औषधि नियामक निकाय(एफडीए)ले जोनसन एण्ड जोनसनको कोभिड १९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ । उक्त खोपको एक मात्रा (डोज) नै कोभिड विरुद्ध प्रतिरक्षा उत्पन्न गराउन पर्याप्त हुने जनाइएको छ । यसअघि प्रयोगमा आएको फाइजर, मोर्डना र आष्ट्रा जेनेकाको खोप दुई शट लगाएपछि मात्रै प्रतिरक्षा प्रणाली विकसित हुने गरी तयार गरिएको छ ।

बीबीसीका अनुसार अमेरिकी औषधि नियामक निकायले केही दिनभित्रै जोनसन एण्ड जोनसनको खोप प्रयोगका लागि अनुमति दिने सम्भावना छ । अमेरिकामा कोभिड विरुद्ध प्रयोगका लागि जोनसन एण्ड जोनसनले अनुमति पाउने तेस्रो खोप हुनेछ । फाइजर र मोर्डनाको खोपभन्दा जोनसन एण्ड जोनसनको खोप लागत प्रभावी हुने बताइएको छ । जोनसन एण्ड जोनसनको खोपको ‘ट्रायल’को परिणाम गत महिना मात्रै प्रकाशित भएको थियो ।

बेल्जियन कम्पनी यानसेनले जोनसन एण्ड जोनसनको खोप उत्पादन गर्दैछ । अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा गम्भीर बिरामीमा ८५ प्रतिशत प्रभावकारी देखिएको तर समग्रमा ६६ प्रतिशत मात्रै प्रभावकारी पाइएको जनाइएको छ । जोनसन एण्ड जोनसनको खोप सामान्य रेफ्रिजेरेटरमा समेत भण्डारण गर्न सकिनेछ ।

उक्त खोप लगाएको २८ दिनपछिसम्म अस्पतालमा भर्ना भएको वा मृत्यु भएको कुनै बिरामी फेला नपरेको उल्लेख गरिएको छ । शुक्रबार अमेरिकी औषधि नियामक निकायले जोनसन एण्ड जोनसनको खोप प्रयोगका लागि अनुमति दिने÷नदिने सम्बन्धमा स्वतन्त्र विज्ञहरुले विश्लेषण गर्ने बीबीसीले उल्लेख गरेको छ।

जोनसन एण्ड जोनसन कम्पनीले विकास गरेको खोपको तीन करोड डोज बेलायतले खदिर गर्ने सम्झौता गरेको छ । यूरोपेली संघले २० करोड डोज, क्यानाडाले तीन करोड ८० लाख डोज र कोभ्याक्स राष्ट्रहरुले पचास करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ ।

अमेरिकाले मार्च अन्तिमसम्म दुई करोड डोज र जुन अन्त्यसम्म दश करोड डोज खोप उपलब्ध गराउन जोनसन एण्ड जोनसनसँग सम्झौता गरेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com