बेलायत कांग्रेसका नेताद्वय त्रिपाठी र लिम्बू केन्द्रिय बिभाग सदस्यमा मनोनित

लण्डन । बेलायतका समाजसेवी एबम राजनीतिज्ञ राजकुमार (आर.के.) त्रिपाठी नेपाली काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले त्रिपाठीलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोेधन सहित) को धारा २५(९) बमोजिम निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन गरेका हुन् ।

सभापति देउवाले मनोनयन गर्दै भनेका छन – ‘पार्टीको निर्माण व्यवसायी समन्वय विभागको साथै समग्र नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउनमा तपाईँको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’

बेलायत स्थित नेपाली समुदायमा राम्रो परिचय बनाएका समाजसेवी त्रिपाठी नेपाली काँग्रेसको वैदेशिक विभाग नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व महामन्त्री समेत हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका पूर्व महासचिव समेत रहेका उनी बेलायतको ब्यस्त अन्डरग्राउन्डका एक सिनियर इन्जिनियर समेत हुन् ।

यस अघि विभिन्न संघसंस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका उनले समसामयिक विषयमा पार्टी तथा समग्र देशसँग सम्बन्धित विषयमा दैनिकजसो अपडेट गरिरहन्छन् ।

नेपाली काँग्रेसको नेतृत्व गर्दै उनले नेपालमा २०७२ सालको भूकम्प देखि विभिन्न समयमा भैपरी आएका समस्यामा खरो बनेर सहयोगात्मक काममा लाग्ने गरेका छन् ।

पार्टी र देशको हकहितको निम्ती मैले गरेको कामलाई सम्मान गर्दे पार्टीले मलाई यो जिम्मेवारी दिएको महसुस गरेको छु,’ लण्डन नेपाल न्यूजलाई उनले भने, ‘यसबाट आगामी दिनमा समग्र पार्टीलाई सुदृढ बनाउने अभियानमा अझै लाग्नेछु।’

त्यसैगरी ,नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त भएकी छन् ।

प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिका सदस्यहरू र सिङ्गो लोकतन्त्रवादीहरुको डायस्पोरालाई पार्टीको नीति तथा कार्यक्रम मार्फत विश्वका विभिन्न देशमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एबम् केन्दीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख नेता बिमलेन्द्र निधीले शाखा प्रमुख नियुक्ति गरेका हुन् ।

लिम्बू जनसम्पर्क समिति बेलायतकी उपसभापति तथा महिला नेत्री पनि हुन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com