बेलायतमा चार चरणमा लकडाउन अन्त्य गर्ने प्रधानमन्त्री जोनसनको घोषणा

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणको योजनाको घोषणा गरेका छन् । सोमबार साँझ एक सम्बोधन मार्फत प्रधानमन्त्री जोनसनले इंग्ल्याण्डमा ४ चरणमा क्रमश लकडाउन खुलाउदै लाने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोनसनले सोमबार नै संसदमा बोल्दै पहिलो चरणमा मार्च ८ देखि इङल्याण्डमा सबै तहका विद्यालयहरु खुला गर्ने र पार्कहरु जस्ता सार्वजनिक स्थलहरुमा फरक घरका दुई जनालाई कफी पिउन वा पिकनिक गर्न दिने घोषणा गरेका थिए । पहिलो चरणमा मार्च २९ देखि घरबाहिर दुई फरक घरका ६ जनासम्मलाई भेट्न पाउने नियम ल्याइएको छ ।सोही दिनदेखि टेबलटेनिस, बास्केटबल लगायतका आउटडोर खेल पनि खेल्न दिइनेछ । माध्यमिक तहका विद्यार्थीहरुले कक्षाकोठा र करिडोरहरुमा अनिवार्य मास्क लगाउनु पर्नेछ ।

अप्रिल १२ देखि दोस्रो चरण अन्तर्गत पसलहरु, कपाल काट्ने सैलुनहरु, पुस्तकालय र संग्रहालयहरु पनि खुला हुनेछन् । त्यसैगरी बियर गार्डेन, मदिराजन्य पेयपदार्थको टेकवे, थिम पार्कहरु र चिडियाखानाहरु, स्वीमिङ पुलहरु, जिमहरु पनि उक्त दिनदेखि खुला हुनेछन् । आफैँले बन्दोबस्त गर्ने होलिडे होमहरु, क्याम्पसाइटहरु पनि सोही दिनदेखि शुरु हुनेछन् । तर फरक घरका मानिहरुबीच घरभित्र भेटघाट गर्न भने दोस्रो चरणमा पनि अनुमति दिइएको छैन । प्रधानमन्त्री जोन्सनले अन्तर्राष्ट्रिय होलिडेका बारेमा अप्रिल १२ मा बताउने पनि जानकारी दिएका छन् ।

नयाँ घोषणामा पनि अन्तिम सँस्कारमा ३० जना र विवाहमा १५ जनाको हदबन्दी कायम नै रहेको छ । तेस्रो चरणमा मे १७ देखि स्थिति राम्रो भएमा ६ जनामात्र भेट्न पाउने सीमा खारेज गरी ३० जनासम्म भेट्न पाउने व्यवस्था गरिने छ । दुई घरका मानिसहरु घरभित्र भेट्न पाउने छन् तर पवहरुमा भने ६ जनासम्म मात्र भेट्न पाइने छ । सिनेमा, होटल, खेलकुद, गीत सङ्गीत, नाटक देखाउने स्थानहरु पनि सामाजिक दुरी कायम गरी खोल्न पाइनेछ । १० हजार जनासम्म दर्शक भएका खेल तथा अन्य स्थानहरु सोही मितिदेखि खोल्न पाइने छ । मे १७ देखि विवाह, अन्तिमसँस्कार आदिमा ३० जनासम्म सरिक हुन पाउने छन् ।

जुन २१ देखि सरकारले चौथो चरणमा सबै किसिमका बाध्यात्मक व्यवस्थाहरु हटाउने योजना बनाएको छ । तर सरकारले तय गरेका योजनाहरु लागू हुनका लागि चार वटा शर्तहरु पूरा हुनुपर्ने पनि प्रधानमन्त्री जोन्सनले प्रष्ट पारेका छन् । योजना अनुरुप खोप अभियान अघि बढेमा, खोपका कारण भारइसबाट मानिसहरुको मृत्यु दर घटेको वा अस्पताल भर्ना हुने दर घटेको देखिएमा, संक्रमण दरले अस्पताल भर्नामा वृद्धि नदेखाएमा र नयाँ प्रजातिका भाइरसले लकडाउन गर्न बाध्य नगराएमा जस्ता ४ वटा आधार तयार भएको हुनुपर्ने पनि उनले स्पष्ट पारेका छन् ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com