रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

मस्को। रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।

नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक हुनुहुन्छ । उहाँमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ ।

घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किनुभएको थियो । रुस फर्के लगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो । उहाँले यस आक्रमणको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आउनुभएको छ ।

रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत ९ईसीएचआर० ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो ।

रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उहाँमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com