अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न रोक

सिड्नी। अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न रोक लगाएको छ । यसबाट महत्वपूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ । फेसबुकले आफ्नो पेजमा समाचार राखे बापत सम्बन्धित सञ्चार माध्यमहरुलाई पैसा दिनु पर्ने प्रस्ताविक कानुन अष्ट्रेलिया सरकारले ल्याउन लागेको सन्दर्भमा सरकारले सो प्रतिवन्ध लगाएको हो ।

बीबीसीका अनुसार अष्ट्रेलियाका बासिन्दाले बिहीबार सबेरैबाट फेसबुक पेजमा सबै स्थानीय र विश्वका अन्य समाचार माध्यमका समाचारहरू हेर्न पाएनन् । यो कदमसँगै अष्ट्रेलिया बाहिरबाट पनि कुनै पनि अष्ट्रेलियाली समाचार तथा प्रकाशनहरु हेर्न सकिएको छैन ।

यस किसिमको समाचारहरु माथिको प्रतिवन्धले समुदायमा ठूलो असर पुगेको बताइएको छ । यस कदमपछि अष्ट्रेलिया सरकारको कडा अलोचना भएको छ र सामाजिक सञ्जालको बाजारमा व्यापक प्रभाव रहेको यसबाट स्पष्ट भएको छ ।

कानुननै पास नहुँदै सरकारबाट भएको यो कदमको धेरै क्षेत्रबाट आलोचना भएको छ । साथै फेसबुकले गुगलसँग सम्झौता गरी केही सञ्चार माध्यमलाई समाचार वापत केही रकम भुक्तानी दिन शुरु पनि गरेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com