बेलायतका सांसद आलोक शर्मा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट

काठमाडौं। बेलायतको ग्लासगो मा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन –(कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपीशर्मा ओली समक्ष भेट गरेको छ ।

भेटका क्रममा टोलीले नेपालको जलबायु परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुकाबारे जिज्ञासा राखेको थियो । यसबारे अध्ययन गर्न कोप-२६ इच्छुक रहेको समेत टोलीले बताएको थियो ।

जलवायु परिवर्तन सम्बन्धी विषयलाई सम्बोधन गर्न नेपाललमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो । यसकालागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनिप ्रधानमन्त्रीसमक्ष टोलीले रोखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेपालले कार्बन उत्सर्जन कमगर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो । भेटमा प्रधानमन्त्रीओलीले कोप २६ टोलीलेसम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिनुभएको थियो । साथै उहाँले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिनुभएको थियो । ‘नेपालविश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरु बारे अन्तर्राष्ट्रिय समुदायको ध्यानपुगोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाई थियो ।

गतवर्ष कोभिड १९ को महामारीका कारण स्थगित सगरमाथा संवादकार्यक्रम आगामीदिनमा आयोजना गरिने जानकारी पनिप्रधानमन्त्रीले दिनुभएको थियो ।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगोमा जलवायु परिवर्तन सम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com