महेश संस्कृत गुरुकुलमा अध्यात्मरामायण रामानन्दी टीकाको लोकार्पण

काठमाडौं । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्‌को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारी आयोजित अनुष्ठानमूलक कार्यक्रममा अध्यात्मरामायण रामानन्दी टीकाको लोकार्पण समापन भएको छ ।

डा. स्वामी रामानन्द गिरिद्वारा लेखिएको नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका वर्तमान पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले लोकार्पण गरेका हुन । गुरुकुलको २६ औं ग्रन्थमालाको रूपमा अध्यात्मरामायणको लोकार्पण भएको थियो । पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरिले मानवजीवनमा राम शब्दको आदि मध्य र अन्त्य सबै अवस्थामा विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यात्मरामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको उल्लेख गरे ।

कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले विद्यातत्त्वको बारेमा प्रकाश पार्नुभयो । शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको उल्लेख गर्दै सम्पूर्ण विद्याका प्रदाता भगवान् विद्येश्वर भएको समेत उल्लेख सुवेदीले गरे । कार्यक्रमका वक्ताहरूले डा. स्वामी रामानन्द गिरिको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उनलाई विद्येश्वर भगवान्‌को स्थापना गर्न प्रेरणा मिलेको कुरा उल्लेख गरेका थिए ।

गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको लोकार्पण कार्यक्रममा सरस्वतीपूजन एवम् उपासनाका विभिन्न गतिविधि समेत सम्पन्न गरिएका थिए ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com