बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल प्रवेश गर्दा १० दिनसम्म होटेल क्वारन्टीनमा

अनअराइभल भिसा खोलिएको छैन

काठमाडौँ। कोभिड-१९ महामारीलाई कारण देखाउँदै रोकिएको विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अनअराइभल भिसा अझै खुला नगरिँदा त्यसले पर्यटन र उड्डयनजस्ता क्षेत्रमा लामो समयसम्म असर देखिने भन्दै चिन्ता व्यक्त भएका छन्।

नेपाल सरकारका अधिकारीहरूले भने पछिल्लो समय देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार (भेरिअन्ट)ले गर्दा आफूहरू उक्त व्यवस्थाको भविष्यबारे अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन्।

यतिखेर नेपाल आउन चाहने पर्यटकहरूले विदेशस्थित नेपाली नियोगबाटै भिसा लिएर आउनुपर्छ। तर विश्वका साढे दुई दर्जन देशमा मात्र नेपाली नियोग छन्।

तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्गहरू समेत अझै खुला गरिएको छैन। नयाँ प्रकार देखिएका ब्रिटेन र दक्षिण अफ्रिकाबाट आउनेहरू नेपाल प्रवेश गर्दा १० दिनसम्म क्वारन्टीनमा बस्ने होटल बुकिङ्ग पहिल्यै गरेको हुनुपर्ने व्यवस्था छ। अन्य देशबाट आउनेका हकमा समेत सोही व्यवस्था गरिएका भए पनि त्यसमा कडिकडाउ गरिएको देखिँदैन।

सरकारले पछिल्लो समय नेपालमा मूल भएका वा गैरआवासीय नेपाली एवम् कूटनीतिक र अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्ने व्यक्तिहरूलाई अनअराइभल भिसा खुला गरेको थियो।

त्यसअघि सन् २०२० मा लगातार ९ महिना नेपालमा विदेशीलाई आगमनमा कडिकडाउ गरिएको थियो। त्यसबीचको ६ महिनामा नेपाल प्रवेश गर्ने विदेशीहरू १ हजार भन्दा कमको सङ्ख्यामा रहेको विवरण नेपाल पर्यटन बोर्डको छ।

नेपालमा धेरै पर्यटक आउने पश्चिमा देशहरूमा अझै लकडाउनका बीच खोप कार्यक्रमहरू सञ्चालन भइरहेको र नेपालको स्वास्थ्य मन्त्रालयले समेत अझै खुलाउन नसुझाइसकेकाले अनअराइभल भिसा सुरु नगरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्।

प्रवक्ता अधिकारी भन्छन्, “नेपालमा त्यसको विस्तृत अध्ययन गर्ने संयन्त्र पनि छैन। अहिलेलाई चौतर्फी दबाव भइकन पनि मानिसहरूको स्वास्थ्य हाम्रो सर्वोत्तम चिन्ता र प्राथमिकतामा छ।”

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट प्रतिनिधित्व गर्ने सरकारका सचिव महेन्द्र गुरागाईँले अझै फाटफुट मात्रामा नयाँ प्रकार देखिँदा आफूहरूमा अनअराइभल खुला गर्ने ‘आत्मविश्वास’ आइनसकेको बताउँछन्। उनको भनाइ छ, “केही दिन अन्तर्राष्ट्रिय प्रवृत्ति हेरेर निर्णय लिइनेछ।”

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com