नेकपा बेलायतको विभाजन नयाँ मोडमा : एनआरएनए आइसीसी सदस्य पदबाट भक्त गुरुङको राजीनामा

लण्डन। नेपाल कन्युनिस्ट पार्टी (नेकपा) को विभाजनको असर बेलायतमा समेत परेको छ। नेकपाको प्रधानमन्त्री के पी शर्मा ओली निकट प्रवासी नेपाली एकता मन्च बेलायतका अध्यक्ष भक्त गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा मनोनित केन्द्रीय सदस्य पदबाट राजिनामा दिने बताएका छन्। आइतबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा गुरुङले मञ्चमा अध्यक्षको जिम्मेवारी लिएका कारण एनआरएनएको भूमिकाबाट अलग हुने निर्णय गरेको प्रस्ट पारेका हुन् ।

एनआरएनए आइसीसीलाई जानकारी गराएर केन्द्रीय सदस्यको आफ्नो भूमिकालाई ‘स्थगित’ गर्ने क्रममा रहेको पनि गुरुङले बताए । ‘मञ्चको जिम्मेवारी बोकेपछि अब एनआरएनएमा समय दिन असहज हुने ठानेर मेरो भूमिकालाई स्थगित गर्ने सोच बनाएको छु’, उनले भने -‘आफूले अब एनआरएनएमा समय दिन नपाउने भएकाले आफ्नो सदस्यता स्थगित गरिदिन अनुरोध गर्नेछु’।

संघको विधानमा आइसीसी पद होल्डमा राख्ने कुनै प्रावधान छैन । यसअघि राजनीति संगठनको कार्यकारी पदमा बसेको व्यक्तिलाई एनआरएनएबाट हटाउने भन्दै संघ महासचिव डा. हेमराज शर्माले करीब ८ महिनाअघि सबैलाई एनआरएनए वा दल रोज्न कडा निर्देशन जारी गरेका थिए । हाल उनी यस बिषयमा मौन छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालमा आगामी वैशाखमा तोकिएको मितिमै चुनाव हुने र चुनावले नै अहिलेको संकटबाट देशलाई निकास दिने विश्वास व्यक्त गरे। अदालतको फैसला सबैले मान्नु पर्ने बताउँदै अदालतले पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नै सही ठहर्याउने आफूहरुको विश्वास रहेको बताए। एक प्रश्नको जवाफमा गुरुङले आफ्नो संगठन नेपालको कुनै दलको भ्रातृ संस्था नभएको तर प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सपनाबाट आफूहरु अभिप्रेरित भएको बताए।

नेपालमा नेकपा विभाजित भएपछि उक्त दल निकट प्रवासी नेपाली एकता मंच युके पनि विभाजित भएको छ।

कार्यक्रममा गुरुङले १२५ सदस्यीय कार्य समितिको घोषणा गरेका थिए। स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष तुङ्गभद्र भुषालले गत ७ फेब्रुअरीमा बसेको बृहत् भेलाले मंचको पुनर्गठन गरेको जनाए। कार्यक्रममा तत्कालिन प्रवासी नेपाली मंच युकेका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थपलिया, पूर्व अध्यक्षहरु आङकल्जङ लामा, दिनेश घिमिरे र रामशरण सिम्खडाले पनि उठेका प्रश्नहरुको जवाफ दिएका थिए।

यस अघि शनिबार बेलुका एक छुट्टै पत्रकार सम्मेलन गरी नेकपाको प्रचण्ड-माधव नेपाल समूह नजिक प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले आफूहरु नै आधिकारिक संगठन भएको जनाएका थिए। उनले भक्त गुरुङलाई संस्थाको साधारण सदस्यबाट समेत निस्काशित गर्न सिफारिस गरिएको जनाएका थिए। तर गुरुङले त्यस्तो सिफारिसको कुनै अर्थ नरहने बताए।

कार्यक्रमको संचालन संस्थाका महासचिव सुरेशजंग शाहले गरेका थिए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com