नेकपाको विवाद बेलायतमा पनि : पार्टी साधारण सदस्यबाट भक्त गुरुङलाइ निस्काशनको सिफारिस

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ पनि बिबादको भुमरीमा

लण्डन ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च बेलायत औपचारिक रुपमै विभाजित भएको छ।

राजेन्द्र पुडासैनीको अध्यक्षतामा प्रवासी नेपाली एकता मन्च (ओेएनयूएफ) बेलायतको सम्पन्न बैठकले भक्त गुरुङले नेतृत्व गरेको समूह अवैध भएको पनि जनाएको छ। ओएनयूएफ यूकेको शनिबार बसेको बैठकले उक्त निर्णय गर्दै पार्टी विधान विपरीत काम गरेको भन्दै केही नेताहरुरुलाई कारवाही गर्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

कार्य समितिको बैठकपछि शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुडासैनीले भने, ‘पार्टी नीति विपरित गुटगत भेला गर्ने काममा संलग्न पाइएकोले गुरुङलाई साधारण सदस्य समेत नरहने गरि बर्खास्त गर्न केन्द्रलाई सिफारिस गरिएको छ।’ कुनै पनि सदस्यलाई सिधा कारवाही नगरी प्रवास समन्वय कमिटि मार्फत कारवाही बढाउनु पर्ने प्रावधान विधानमा रहेको उनले जानकारी दिए।

गुरुङले नेकपा विभाजनपछि शुरुमा प्रवास समूह मार्फत काम गरेपनि ओेएनयूएफको नाम चोरेको आरोप पुडासैनीले लगाए । “पार्टीमा कहिल्यै काम नगरेका, संगठित सदस्य नरहेका, बाटोमा हिंडी रहेका मानिसहरुलाई समेटेर उहाँहरुले नयाँ कमिटि गठन गरेको जनाउनु भएको छ, जुन हास्यास्पद छ, पुडासैनीले भने। बैठकले पार्टी विरुद्धको गतिविधिमा लाग्नेहरुका बारेमा थप अनुसन्धान भैरहेकाले केही सदस्यहरुलाई कारवाही गर्ने निर्णय गरेको छ। उनले केही समयपछि नाम सार्वजनिक गर्ने बताए । गुरुङ ओएनयूएफका साधारण सदस्यका रुपमा रहेपनि गैरआवासीय नेपाली संघमा मनोनित आइसीसी सदस्य हुन् ।

त्यस्तै बैठकले कार्यसमितिका रिक्त पदहरु पूर्ति गर्ने निर्णय गरेको उनले जनाए छ। बैठकले सल्लाह्कार मनोनयन, क्षेत्रिय तथा इलाका कमिटि गठन गर्ने निर्णय गरेको ओेएनयूएफ सचिव सुरेश गौतमले जनाए । पत्रकार सम्मेलनमा ओेएनयूएफका उपाध्यक्षहरु रबिन्द्र कंडेल र उमेश मोक्तान समेत उपस्थित थिए ।

यस अघि गत आइतबार एक भेलाले भक्त गुरुङको अध्यक्षतामा नेकपा ओली समूहको गठन गरेको थियो । उक्त भेलाले १२ जना उपाध्यक्ष, एक महासचिव, तीनजना उपमहासचिव र एकएक कोषाध्यक्ष एवम् सहकोषाध्यक्ष रहने गरी १२५ सदस्यीय कार्यसमिति विस्तार गरेको थियो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै नेकपा केन्द्र देखि स्थानिय तह हुँदै प्रभावसम्म पनि विभाजित हुने क्रम जारी छ । एक पक्षले अर्काे पक्षका नेता कार्यकर्तालाई कारवाही गर्ने क्रम चलिरहेको छ ।

यसैगरी चरणबद्ध आन्दोलन गर्दै आइरहेको नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री सरकारविरुद्ध आइतवार मात्रै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । त्यसैगरी ओली पक्षले पनि संसद् विघटनको बचाउ गर्दै देशका विभिन्न शहरमा आमसभा गरिरहेको छ ।

नेकपाको बिबादको भुमरीमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ

प्रवासी नेपाली एकता मन्च (ओेएनयूएफ) यूकेको विभाजन संगै एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ विवादमा तानिएकी छिन् । गतसाता नेकपा (ओली समूह) ले गठन गरेको प्रवासी नेपाली मन्च यूकेका अध्यक्ष भक्त गुरुङलाई सामाजिक सन्जाल बधाई दिएपछि बिबादमा परेकी छिन् । एनआरएनए यूके अध्यक्ष गुरुङले सामाजिक संस्थाको पद दुरुपयोग गरि एउटा गुटलाई बधाई दिएको भन्दै नेकपा (प्रचन्ड माधव समूह) ले असन्तुस्टि ब्यक्त गरेको छ। “एनआरएनए यूके भित्रका आफ्ना समस्या समाधान गर्न छोडेर दल भित्रका विवादमा पस्नु हुँदैन’, अध्यक्ष पुडासैनीले भने । एनआरएनए जस्तो सामाजिक संस्थालाई कसैको प्रभावमा पर्न दिनु हुँदैन भन्ने मान्यतामा ओेएनयूएफ अडिग रहेको उनले बताए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले केही दिन अघि दाजु भक्त गुरुङ प्रवासी नेपाली एकता नेपाली मन्च यूकेको अध्यक्ष भएको भन्दै बधाई दिएकी थिइन् । एनआरएनको लोगो प्रयोग गरेर दिईएको उक्त कार्यको बिरोध भएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com