पटाका उद्योग आगलागीमा १९को मृत्यु, ३४ भन्दा बढी घाइते

नयाँदिल्ली। भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताउनु भयो । उहाँका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो ।

“घटनामा परी अरु ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरु सवैको अहिले उपचार भइरहेको छ, उनीहरु मध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ,” उहाँले भन्नुभयो । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गर्नु भएको छ । उहाँले मृतकहरुलाई परिवारलाई दुई लाख रुपैयाका दरले दिने घोषणा गर्नु भएको हो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com