वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने उपप्रधानमन्त्री पोखरेलको दाबी

ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिसङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताउनुभएको हो ।

गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानुपरेको बताउनुभयो । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उहाँको भनाइ थियो ।

उहाँले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताउनुभयो । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उहाँले जिकिर गर्नुभयो ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाउनुभयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिनुभयो । उहाँले प्रचण्ड–नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानुपरेको बताउनुभयो । प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधिविधानभन्दा फरक बाटोमा गएको उहाँले आरोप लगाउनुभयो ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराउनुभएको थियो । उहाँले चिसङ्खुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय सरकारले अपेक्षित काम गर्न नसकेको बताउनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com