जुलाई सम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी, बेलायतको पनि त्यस्तै छ दाबी

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गर्नु भएको छ । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिनु भएको छ ।

अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको छ । बाइडेन प्रशासनले मोडर्नाबाट एक करोड तथा फाइजर कम्पनीबाट एक करोड डोज खोप किन्ने सम्झौता गरेको छ । युरोपेली मुलुकमा कोभिड–१९ का संक्रमितको संख्यामा केही कमी आइरहे पनि विश्वका अन्य स्थानमा कोरोनाभाइरसको प्रभाव अझै बाँकी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोप निर्देशक हान्स क्लजले कोरोनाभाइरसको संक्रमणमा कमी आएको देखिए पनि समुदायस्तरमा नयाँ स्वरुपमा कोरोना फैलिएको हुन सक्नेतर्फ सचेत रहनु पर्नेमा जोड दिनुभएको छ ।

युरोपेली मुलुकहरुमा अझै पनि हरेक साता पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् ।खोप खरिदको पछिल्लो विश्लेषणमा संयुक्तराज्य अमेरिका नै अग्र स्थानमा रहेको छ । कोरोना संक्रमणबाट चार लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकामा सबै योग्य व्यक्तिलाई जुलाईको अन्त्यसम्ममा खोप दिन पुग्नेगरी पर्याप्त खोपको व्यवस्था गर्न लागिएको बाइडेन प्रशासनले जनाएको छ ।

एएफपीको गणना अनुसार विश्वभर कम्तीमा ९१ मुलुकका १५ करोड ५७ लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । तर सीमित आपूर्तिका कारण खोप अभियानमा असर परेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com