लण्डन ,गैर-आवासीय नेपाली संघ, यूके राज्य समन्वय परिषद , इंग्ल्याण्डद्वारा आगामी २१ मार्च २०२१ का दिन हुन गैरहेको जनगणनमा नेपालीहरुको शत प्रतिशत सहभागिता गराई “नेपाली” भनेर चिनिने पहिचान राख्नको लागि आग्रह सहित जनचेतनामुलक कार्यक्रमको आयोजना सम्पन्न भयो । उक्त कार्यक्रममा करिब ७० भन्दा बढि संघ-संस्थाहरुको उपस्थिति रहेको थियो भने जम्मा ११८ को संख्यामा भर्चुवल कार्यक्रममा उपस्थिति थियो।
भर्चुअल कार्यक्रमको संचालन यूके राज्य समन्वय परिषद , इंग्ल्याण्डद्वारा गरिएको थियो।कार्यक्रमको सभापतित्व राज्य समन्वय परिषद , इंग्ल्याण्डक अध्यक्ष श्री दीपक श्रेष्ठद्वारा गरिएको थियो भने प्रमुख अतिथ्यता गैर-आवासीय नेपाली संघ, यूकेकि अध्यक्ष श्रीमती पुनम गुरुङद्वारा गरिएको थियो।
उक्त अबसरमा जनगणना (ONS) सम्बन्धि बिषय प्रस्तोता द्वय श्री समिर गुरुङ तथा श्रीमती मैया डंगोल के.सी ज्यु तथा ONS कम्युनिटी इन्गेजमेन्ट म्यानेजर श्री आदम डेल द्वारा जनगणनामा कस्त्ता प्रश्नहरु सोधिन्छ र जनगणनामा कसरि सहभागी हुन सकिन्छ भन्ने कुराको बारेमा प्रिजेण्टेशन गरियो र सोधिएको प्रश्नहरुको जवाफ दिनुभएको थियो।
सेन्टर फर नेपाल स्टडिज (CNS ) का फ़ाउण्डर डा. कृष्ण अधिकारी ज्युद्वारा बेलायतमा नेपालीहरुको प्रथम आगमन देखि आजसम्म हाम्रो नेपाली समुदायको जनगणनाको अनुभब सेर गर्नुभयो। तेस्तै बक्ताहरुमा गैर-आवासीय नेपाली संघ यूकेका प्रमुख संरक्षक श्री डम्बर घले, BGWS का निर्देशक श्री टिकेन्द्र देवान, तमुधि यूकेका निबर्तमान अध्यक्ष श्री नन्द जंग गुरूंग, मगर संघ यूकेका सुनिल राना, शिबचन्द्र गुरूंग,प्याट्रन एन आर एन ए युकेका पुर्ब अध्यक्ष सुर्य गुरूंग ,महेन्द्र लिम्बु , चारभन्ज्या्ग समाज का अध्यक्ष श्री मदन बहादुर गुरूंग, इंगलैंड राज्यसमिति सल्लाहाकार, क्रायडन नेपाली समाजका सभापति डा सुरज मणि पौडेल ,पासा पुच गुठि यूकेका महासचिव शुशिल प्रजापति, गजेन कटुवाल, अध्यक्ष डार्टबोर्ड नेपाली समाज ,एल एन पाण्डे, चार्टर्ड एकाउण्टेण्ट , लगाएत विविन्न समाजका अग्रज ब्यक्तित्वोहरुले समेत सुझाब दिनुभएको थियो।
समग्रमा हिजो भएको जनगणना सम्बन्धि अन्तरक्रिया कार्यक्रमबाट सबैले एउटै प्रकारले एकरुपता देखाउदै ” नेपाली ” भनेर उल्लेख गर्ने सहमति जनाउदै , आ-आफ्नो क्षेत्रबाट सबैमा सोहीअनुसार जानकारि गराउने सहमति भएको हुदा सोहि अनुसार गर्न पुन: एन आर एन यूके राज्य समन्वय परिषद , इंग्ल्याण्ड हार्दिक अपिल गर्दछ।