हिमताल फुट्दा उत्तराखण्डमा दर्जनौं बेपत्ता

हरिद्वार। भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा दर्जनौं ब्यक्ति बेपत्ता भएका छन् । हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा कम्तीमा एक सय १५० ब्यक्ति बेपत्ता भएको जनाइएको छ ।

उत्तराखण्डको चमोली जिल्ला भएर बग्ने धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्र । ऋषिगंगा जनविद्युत आयोजनाको डयाममा कार्यरत करिब ५० जना ब्यक्ति बेपत्ता भएको उत्तराखण्डका प्रहरी प्रमुख अशोककुमारले बीबीसीसँगको कुराकानीमा जानकारी गराउनुभएको छ । उक्त क्षेत्रबाट केही कामदारलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

चमोलीदेखि हरिद्वारसम्मका नदी तटीय क्षेत्रका गाउँबाट सर्वसाधारण खाली गराइएको छ । चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।

अधिकारीहरुले बाढी गएको क्षेत्र वरिपरिका ग्रामीण इलाका खाली गराएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बाढीले ठूलो क्षति पुर्याइएको देखिएको छ । बाढी प्रभाबित क्षेत्रका एक ग्रामीण संजयसिंह रानाले रोयर्टससँगको कुराकानीमा बाढी तीब्र वेगले आएको र सचेत गराउने समय पनि नपाएको बताउनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com