लण्डन । बेलायतमा हुनलागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको सहभागिता बढाउन एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदले सक्रियता पूर्बक येसपाली हुने जनगणनामा नेपालीको पहिचान र धर्म लगायत आबस्यक सूचना एबं तथ्यांक समाबेस गराउने बारे बृहत छलफल गरि के कसरि सबै नेपालि समुदायको भाषा धर्म र संख्या लगायत अन्य कुराहरु समाबेस गर्ने भनि समुदायमा छलफल गर्न सक्रियता बढाएको छ ।
राज्य परिषदले आउँदो आइतबार जनगणनामा सहभागितासम्बन्धी एक जानकारीमूलक अन्तरक्रियाको तयारी गर्नेभएको छ ।
एन आर एन ए युके इंगलैंड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठले अन्तरक्रियामा बेलायतस्थित सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए । यदि कुनै संघ संस्था छुट हुनगएमा यसै समाचार मार्फत सबैलाई जुम अन्तरक्रियामा सहभागी हुन समेत अनुरोध गर्दै त्यसअवसरमा ‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) का ग्रीनवीच क्षेत्रका ‘कम्युनिटी एड्भाइजर’ समिर गुरुङले जानकारीमूलक ‘प्रिजेन्टेसन’ गर्नेछन् ।
‘जनगणनामा सहभागी हुनुको महत्व दुरगामी रुपमा हुँदोरहेछ । बेलायतमा यति ठूलो संख्यामा रहेको हाम्रो नेपाली समुदायको पहिचान स्थापित गर्न पनि यो एउटा अवसर हो’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जनगणनामा कुनै नेपाली नछुट्ने गरी हामीले प्रचार प्रसार र जनचेतना फैलाउने लक्ष्य राखेका छौं ।’
नेपाली समुदायलाई जनगणनामा भरिने फारममा के के भर्ने र सबैले एकरुपता पुर्बक फरम भर्नका लागि नेपाल पत्रकार महासंघ बेलायत लगायतका धेरै संघ संस्था मार्फत सहकार्य गर्दै सबैको सहयोगले हाम्रो पहिचान खुलाउने मौका मिल्ने कुरामा श्रेष्ठ बिस्वस्त हुनुहुन्छ र यो महान कार्यमा सबै को साथ् सहयोग मिल्ने बताए।
समुदायलाई जनगणनाको महत्व बुझाउनेदेखि सहभागिताका क्रममा आवश्यक पर्न सक्ने प्रक्रियागत र प्राविधिक सहयोगसम्म उपलब्ध गराउने गरी तयारी गरिरहेको उनले बताए ।
परिषदले ओएनएससंग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहेर काम गरिरहेको बताएको छ । ‘जनणनासम्बन्धी जानकारी र सूचनाहरु नेपालीमै पनि सम्प्रेषण गर्न सके प्रभावकारी हुन्छ भन्ने लागेर केही सामग्रीहरु तयारी गर्दैछौं’, परिषदका सचिव गोविन्द खरेलले भने, ‘हामीले पहिलो चरणमा तयार गरेको नेपाली भाषाको पोस्टरलाई ओएनएसले स्वीकृति दिइसकेको छ, अब व्यापक रुपमा प्रकाशन र वितरण गर्नेछौं ।’
आइतबार बिहान ११ बजेका लागि तय ‘भर्चुअल’ अन्तरक्रियामा सहभागी हुन परिषदले बेलायतवासी सबै नेपाली र संघसंस्थाका प्रतिनिधिलाई आव्हान गरेको छ ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पनि बेलायतवासी सबै नेपालीलाई जनगणनामा सक्रियतापूर्वक सहभागी बन्न अपील गरेकी छन् । समुदायको सहभागिता बढाउने लक्ष्यमा इंग्ल्याण्ड राज्य समन्वय परिषदमार्फत अघि बढाइएको अभियानमा साथ दिन उनले संघसंस्थाहरुलाई पनि आग्रह गरेकी छन् ।
कार्यक्रमको जुम लिंक निम्नानुसार छ:
https://us02web.zoom.us/j/7853029106?pwd=by9FSGN0MGxkQ0lFTU8vTmtmOG44Zz09
Meeting ID: 785 302 9106
Passcode: Nrnascc