गेसो र सत्याग्रह समितिद्वारा बेलायतका लागि नबनियुक्त नेपाली राजदुत रेग्मी संग भेटबार्ता

लण्डन । बेलायतका लागि नबनियुक्त नेपाली राजदुत लोकदर्शन रेग्मी संग गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र गोरखा सत्याग्रह संघर्ष समितिले संयुक्त रुपमा भेटबार्ता गरेको छ।

गेसो सभापति कृष्णकुमार राईका अनुसार परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुले गोरखाहरुको समस्या समाधानका लागि यसअघि प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका कार्यान्वयनका बारेमा जोड दिएका थिए । उनीहरुले सो प्रतिवेदनको कार्यान्वयनका लागि वार्ता समिति बनाउन माग गरेका थिए ।

सोको जवाफमा नवनियुक्त राजदुत रेग्मीले गोरखाहरुको समस्याबारे आफूलाई जानकारी भएको र बेलायत सरकारलाई पनि विश्वासमा लिँदै चॉडो समस्या समाधान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नरहने बताएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए । राजदुत रेग्मीले आफू मात्र नभई ‘तपाईहरु सबै राजदुत हो । हामी मिलेर काम गर्नु पर्छ । संयम र धैर्य हुनु पर्दछ तडकभडक देखाउदा हामीलाई नोक्सान हुन्छ’ भन्ने कुरामा ध्यान दिन स्मरण गराए ।

गेसो सभापति राईले अगाडी भने – ” राजदूत रेग्मी ज्यु संग गोरखा भुतपुर्ब सैनिक संघ (गेसो) र सत्यग्रहले संयुक्त रुपमा भेट गरि १३ बुदे प्रतिबेदनको बारेमा उच्च स्तरिय बार्ता कमिटि गठन गरि कार्यान्वयन गर्न गराउनको लागि दुबै देशका सरकार समक्ष पहल गरि दिनु हुनको लागि अनुरोध गरियो।”

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com