कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा पर्वतारोहण संघको सद्भावना दूत घोषित

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही निर्मल पूर्जा मगर ‘निम्स’ लाई सद्भावनादूत ‘गुडविल एम्बास्टर’ घोषणा गरेको छ। नेपाली पर्वतारोहीहरूको छाता सङ्गठन एनएमएले विश्वकै कठिन हिमाल केटूको सफल आरोहण गरी देशको पहिचानलाई विश्वभर पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मगरलाई सन् २०२१ का लागि सद्भावनादूत बनाएको हो ।

आरोही मगरले यसअघि सात महिनामा विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा उच्च हिम शिखर सफलतापूर्वक आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्न सफल हुनुभएको थियो । हालै आठ हजार ६११ मिटर उचाइको केटू प्रथम आरोही भएका आरोहण दलको नेतृत्व गर्ने पूर्जा मगरलाई नेपाल र नेपालको पर्वतीय पर्यटन विश्वमा प्रचारप्रसार तथा प्रवद्र्धनसहित सङ्घको प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले एनएमएले सद्भावनादूत घोषणा गरेको हो ।

यही माघ १८ गते सम्पन्न एनएमएको केन्द्रीय कार्य समितिको ५७औँ अत्यावश्यक बैठकले सद्भावनादूत मनोनयन गर्ने निर्णय गरी एनएमएको सन् २०२१ का लागि सद्भावनादूतका रुपमा जिम्मेवारी दिइएको संस्थाका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । सद्भावनादूत भएर संस्थाको साथै नेपालको पर्वतीय पर्यटनको प्रचारप्रसार कार्यक्रममा मगरले पुर्याउन सक्ने योगदानको कदरस्वरुप सङ्घको तर्फबाट मगरलाई करबाहेक नगद रु एक लाख उपलब्ध गराइने एनएमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com