रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले लकडाउनभर विशेष अभियान चलाउदै

लन्डन । रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले नेपाली समुदायमा कोरोनाको महामारीका कारणले भोग्नु परेको पिडित वर्गलाई औषधी वितरण, खोप उपलब्ध गर्नको लागि सहयोग तथा जनगणना जागरूकता सम्बन्धि अभियान, संस्थाका उपाध्यक्ष जित रानाभाटको संयोजनमा चलाउने भएको छ।

जुम मार्फत सम्पन्न आकस्मिक बैठकले निरीक्षण तथा सल्लाहकार समितिमा संस्थाका अध्यक्ष शर्मिला हिराचन, स्वयंसेवक परिचालन समितिमा जीवन सेन, कोरोना बिरुद्दको खोप सम्बन्धि सल्लाह, सुझाव समितिमा रुद्र गौतम, संसाधन ब्यबस्थापन समितिमा सुशील प्रजापति र जनगणना तथा जागरूकता समितिमा पुण्य रेग्मीलाई संयोजकको जिम्मा दिईएको छ।

अत्यन्त कमजोर अवस्थामा रहेका ५० परिवारलाई राहत स्वरुप भिटामिन ”सी”, भिटामिन ”डी”, सिटामोल, फेस मास्क, ग्लोव्स जस्ता अति आवस्यक मेडिकल सामानहरु तुरुन्तै उपलब्ध गराउने भएको छ। कोरोना बिरुद्दको खोप सम्बन्धि सल्लाह, सुझाव, बुकिङ्ग, स्वयंसेवक परिचालन गर्न तथा महामारीको कारणले कठिन अवस्थामा रहेको परिवारलाई दैनिक रुपमा आवस्यक पर्ने उपभोग्य समानहरुको वितरण लगायतको कामहरु सुरु गर्ने भएको छ।

बैठकमा सस्थापक अध्यक्ष कुमार श्रेस्ठ, भाषा तथा सस्कृती विभागका संरक्षक एवं पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पुर्व प्रमुख सल्लाहकार एल एन पाण्डे , सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य अर्क राज तिम्सिना, सल्लाहकार तथा आइसीसी सदस्य सुरज मास्के, संस्थाका उपाध्यक्ष तथा आइसीसी सदस्य लिलादेवी गुरुङ, एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेस्ठ, क्याट युकेका अध्यक्ष जीवन सेन, क्याट युकेका च्यारिटी अफिसर तथा बरिस्ठ समाजसेवी राजन सुबेदी, हंकंग नेपाली समाजका अध्यक्ष ह्यारी गुरुङ, अन्तर्राष्ट्रिय धादिंग समाजका प्रवक्ता राजन खकुराल, पाशा पुच साउथ ईस्ट लन्डनका पुर्व अध्यक्ष सुशील प्रजापति, बुद्ध फाउन्डेसन युकेका सचिव सुरेन्द्र रुपाखेती, सल्लाहकार तथा पाशा पुच साउथ ईस्ट लन्डनका अध्यक्ष माधव लाल श्रेस्ठ, सल्लाहकार तथा सोसाईटी अफ नेप्लिज प्रोफेसनल युकेका अध्यक्ष माधव पराजुली, सोसाईटी अफ नेप्लिज प्रोफेसनल युकेका पुर्व अध्यक्ष पुण्य राग्मी , सोसाईटी अफ नेप्लिज प्रोफेसनल युकेका सचिव दिलिप पौडेल, जीगेसाका महासचिव हरि कुमार मल्ल, पशुपति मन्दिर युकेकी सचिव कल्पना त्रिपाठी, आरजिएनएस का सह-कोषाध्यक्ष श्रदा थापा, कल्चरल संयोजक अन्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, समाजसेवी दुर्गा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष श्रीमती शर्मिला हिराचनले बैठकमा सहभागीता जनाउनुहुने तथा अभियानमा सहयोगको प्रतिबद्धता गर्नु हुने सम्पूर्ण सामाजिक आभियांताज्यु हरुलाई हार्दिक धन्यवाद दिँदै तत्कालै सस्थाले गर्न सक्ने सग्दो सहयोग गर्न र समाजका सम्पूर्ण समाजसेवी हरुलाई यस महामारीको समयमा एक जुट भएर सहयोग गर्न हार्दिक अपिल गर्नु भयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com