कोभिड-१९ को खोप लगाएका मानिसले पनि भाइरस 'सार्न सक्छन्'

लण्डन। कोभिड-१९ विरुद्ध खोप लगाएकाहरूले समेत अरूलाई कोरोनाभाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन्।

आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेप्यूटी चीफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई “अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएको” मा जोड दिएका छन्।

भ्यान टामले खोपले “आशा” जगाएको तर सङ्क्रमणको दर चाँडै कम गरिनुपर्ने बताएका छन्। उनले भने, “कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन।”

उनका अनुसार खोप लगाएको दुईदेखि तीन हप्ता सम्ममा भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावना रहन्छ। वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्ण रूपमा विकसित होस् भनेर “कम्तीमा तीन हप्ताको” समय दिँदा “उत्तम हुने” उनी बताउँछन्।

“खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत तपाईँले अरू कसैलाई कोभिड-१९ सार्न सक्नुहुन्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ,” प्राध्यापक भ्यान टामले भने।

यसै हप्ता वरिष्ठ चिकित्सकहरूले अधिकारीहरूलाई फाइजर-बायोएन्टेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समय सीमा घटाउन आग्रह गरेका थिए।

बीबीसीका अनुसार यूकेमा धेरै मानिसहरूलाई खोपको पहिलो मात्रा दिनका लागि पहिलो मात्रा प्राप्त गरेको १२ हप्ता सम्मा दोस्रो मात्रा दिने गरी समय सीमा बढाइएको थियो। यसअघि पहिलो र दोस्रो खोप प्राप्त गर्नका लागि तीन हप्ताको समय सीमा तोकिएको थियो।

तर ब्रिटिश मेडिकल असोसीएशनले उक्त नीतिको “औचित्य सिद्ध गर्न कठिन” रहेको बताउँदै खोप दिने समयको अन्तराल छ हप्तामा झारिनुपर्ने बताएको छ।सङ्घका अध्यक्ष डा. चाँद नागपालले १२ हप्ताको अन्तरालमा मात्रा दिइनुले खोप कम प्रभावकारी बनाउन सक्ने “बढ्दो चिन्ता” रहेको बीबीसीलाई बताए।

सरकारका अनुसार यूकेमा ५८ लाख भन्दा बढी सर्वसाधारणहरूले खोपको पहिलो मात्रा प्राप्त गरिसकेका छन्। एनएचएस इङ्गल्यान्डका अनुसार सोमवार बाट देशैभर नयाँ खोप केन्द्रहरू खुल्दै छन्।

शनिवार यूकेमा कोरोनाभाइरस पोजेटिभ देखिएको २८ दिन भित्र थप १,३४८ को मृत्यु भएको बताइएको छ भने थप ३३,५५२ सङ्क्रमित थपिएका छन्। सरकारी तथ्याङ्कका अनुसार शुक्रवार सम्ममा यूकेमा ४,०७६ मानिसलाई भेन्टिलेटरमा राखिएको छ। यो कोरोनाभाइरस महामारीको पहिलो चरण भन्दा उच्च हो। पहिलो चरणमा सङ्क्रमणको उच्च उच्च रहेको एप्रील १२ तारिखमा ३,३०१ मानिस भेन्टिलेटरमा राखिएका थिए।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com