कोरोनाको खोप कार्यक्रमले सन् २०२१ मा पनि 'हर्ड इम्युनिटी' विकास हुँदैन : डब्ल्यूएचओ

जेनेभा। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘हर्ड इम्युनिटी’ सन् २०२१ मा पनि विकास नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ। हर्ड इम्युनिटी अधिकांश मानिसमा रोग विरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्था हो।अहिले धेरै मुलुकमा कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो ।

बेलायत कोरोना खोप कार्यक्रम सुरु गर्ने पहिलो मुलुक बनेको थियो । त्यसयता अहिलेसम्म विश्वका ३० मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन भइसकेको छ । ‘सन् २०२१ मा हर्ड इम्युनिटी प्राप्त गर्ने दिशामा हामी छैनौं’, डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन् । उनले थपिन्, ‘केही मुलुकमा यो उपलब्धि हासिल भए पनि यसले संसारका अन्य मानिसहरु भने यसबाट सुरक्षित हुने छैनन् ।’

स्वामीनाथकले विश्वका सरकार र मानिसहरुले कोरोना संक्रमण नियन्त्रणका लगि आवश्यक पर्ने भौतिक दूरीलगायतका मापदण्डहरु पालना गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले एक वर्षभित्रै खोप विकासको क्षेत्रमा ठूलो प्रगति भएको पनि बताएकी छिन् । यद्यपि सबै मानिसमा खोप पुर्‍याउन भने समय लाग्ने उनको भनाइ छ ।

यसैबीच डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले वैज्ञानिकहरुले सबैभन्दा पहिला कोरोना भाइरस मानिसमा कसरी सर्‍यो भन्ने अनुसन्धान गर्न गइरहेको बताएका थिए । चीनले बिहीबार डब्ल्यूएचओको टोली चीनमा आइपुग्ने बताएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com