बेलायती नेपाली समुदायमा कोविड -१९ खोपको अनुभब : असर र प्रभाब कस्तो रह्यो ?

– अर्जुन कटुवाल

लण्डन। कोविड -१९ को महामारीको तेश्रो लहर अनि हरेक दिन करिब ६०,००० माथि संक्रमण र १००० भन्दा माथि मृत्यु भएको समाचारले पारेको डर त्रास र भयले धेरै नेपाली र नेपाली समुदायका बयाक्तिहरुको मनस्थिति खल्बलिएको छ। तेस्मा पनि करिब एक वर्ष देखि लकडाउन र कोविड त्रासमा बयाब्साया ब्याबसाय मन्दी र आर्थिक संकट लगायत रोजगारिमा पर्ने असर आदि- इत्यादि संग-संगै ब्रिक्जिटको असर पनि थपिएको अबस्थामा चिन्तित मनस्थितिले प्राय सबैमा मानसिक असर केहि न केहि भएको पाईन्छ। यहि विषम परिस्थितिको बिच कोविड -१९ खोप (भ्याक्सिन) उपलब्ध हुनु अत्यन्तै खुसीको कुरा हो।

बेलायतमा २ प्रकारका COVID-19 खोपहरू प्रयोग गर्न शुरु भैसकेकोछ,जुन MHRA र NHS ले बेलायतमा प्रयोगका लागि अनुमोदित गरेकोछ। स्वतन्त्र चिकित्सा तथा स्वास्थ्य सेवा नियामक एजेन्सी (MHRA) द्वारा निर्धारित सुरक्षा, गुणस्तर र प्रभावकारिताको कडा मापदण्ड पूरा गरेकोछ र दुबै खोप हरु क्लिनिकल परीक्षणमा सुरक्षित एबं प्रभावकारी पाईएकोले NHS मार्फत Pfizer/BioNTech COVID-19 र COVID-19 mRNA Vaccine/Moderna खोप लगाउन शुरु भएको छ, तर COVID-19 Vaccine AstraZeneca भने चाडै प्रयोगमा शुरुहुनेछ ।

हाल सम्म करिब १३ लाख भन्दा बढी जनालाई खोप दिइएको हुदा, नेपाली समुदायका नर्स डाक्टर एबम अन्य अति आबस्यक कामदारहरु (ईसेन्सियल वोर्कर्स ) लगाएत NHS द्वारा तोकिएको मापदण्ड पुरागर्ने सबैले खोप लगाउन सुरु गरिसकेको हुदा नेपाली र नेपाली समुदायका बयाक्तिहरु समेतले खोप लगाएको समाचारहरु प्राप्त भैरहेकोछ।

येसैक्रममा मैले पनि खोपलागाउने अवसर प्राप्त गरको हुदा मेरो बयक्तिगत अनुभब, मैले चिनेजानेका र जानकारी पाएसम्मका प्राप्त सुचना र समाचारको आधारमा खोप लगाएपछिको असर र प्रभाब बारे सबैमा जानकारी गराउने हिसाबले यो सानो लेख तयार पारेकोछु।
खोप लगाउनु अगाडिको मनमा उब्जेका प्रस्नहरु:

खोप कतिको सुरक्षित छ ? के हुने के नहुने ? तेस्का असर र साइड इफेक्ट बारे डर उत्पन्न हुनु। लगाउ कि नलगाउ ? कतिन्जेल कुर्ने ? तब सम्म बाचिन्छ कि मरिन्छ यावत कुराहरु मनमा खेल्नु , फेरी आफुले मात्र लगाउन पाउनु परिवारका अरुलाई के होला आफुलाई के होला अनेक तरंग उत्पन्न हुनु। तेसै बीच गोविन्द बेल्बासे ज्युले फेस बुकमा लेख्नु भएको याद आयो ” सवैले त्यसै भन्ने हो भने चकित्सा विज्ञान अघि बढ्ने र औषत आयूमा सुधार हुने अवर गुम्न जान्छ । परीक्षण भैसकेर बैज्ञानिकहरूले सुरक्षित (पूर्ण सुरक्षीत भएको प्रमाणित भैनसकेको) मानेको अवस्थामा हच्किनु पर्ने देखिँदैन ।” अनि खोप लगाउने केन्द्रमा आएका मानिसहरुको भिड, उमेर समूह र पेशा देख्दा लगाउ लगाउ हुने, ढुक्क हुने अबस्था । अब मौका पनि जुर्यो, खोप लगाउने नै निर्णय गरे अनि सबै प्रक्रिया पुरा गरेर विविन्न प्रस्नहरुको जबाफ दिएर खोपको रियाक्सन हुदैन भन्ने भएपछि नाम दर्ता गरि २ घण्टा लाईनमाबसी अन्त:त खोप लगायियो। खोप लगाउदा साधारण सुई हाने जस्तै चसक्क दुख्यो , १५ मिनेट जति कुरेर कुनै रियाक्सन, कुनै असजिलो नभएपछि घर गइयो।

खोप लगाई सकेपछि मनमा उब्जेका प्रस्नहरु, डर र त्रास :

खोप लगाई सकेपछि बिस्तारै खोप लगाएको हात दुख्ने क्रम बढ्न थाल्यो, मन भित्र अनेक डर र त्रास कायम नै छन् , सुत्नेबेला झन् टाउको नि दुख्न शुरु,सरिर तातो हुदै आउनु , निन्द्रा मज्जाले नलाग्नु, दुख्ने क्रम झन् बृदि हुनु यावत कुराहरुले सताउन थाल्यो। सुतेर बिहान के हुने ? बा सुतेको सुतै पो त हुने होइन ? बेला बेला बोलाउदै गर है राति भनेर कुन बेला कुनबेला मस्त निदायियो। भोलिपल्ट चाहिँ झन् धेरै दुख्ने रहेछ , टाऊको दुख्ने सुई हानेको हात झन् धेरै दुख्ने , जिऊ तातो हुने, गले जस्तो भै रह्यो , तेस्रो दिन चै अब सबै कम हुदै गयो, बल्ल आशा पलायो ।

अब अरुहरु जसले खोप लगाएकाछन् के कस्तो अनुभब भयो भनि सोधी खोजि गरियो चिनेजानेको र फेस बुकमा अनि समाचारमा देखे सुने जति तल बर्णन गरेको छु :

सम्भवतः कोभिङ भ्याक्सिन💉 लिने पहिलो नेपाली नागरिक जेठी छोरी बर्षाको शरीरमा कोभिड–१९ विरूद्धको भ्याक्सिन प्रवेश गर्यो।भ्याक्सिन लगाएपछि दुइ दिन जति टाउको दुखेको थियो, त्यसैले हो भन्ने निष्चित त छैन, तर त्यसैको प्रभाव होला भन्ने हाम्रो अनुमान छ । भोलि दोश्रो डोजको लागि बोलाएको छ । अरू कुनै नकारात्मक केही छैन, हामीले सकारात्मक रूपमा नै बुझेका छाै ।
धन्यवाद
गोविन्द बेल्वासे (१०/०१/२०२१ )

तेस्तै स्कटलेण्डबाट सलमान भेजिटो (Salman Vegito)का अनुसार ” Apart from a slight pain in my arm (just like when I had the flu jab), I have no other apparent symptoms. I took the vaccine during my working hours and went back to finish the remaining shift with no effects.”

गोरख कार्की (डार्टफोर्ड ) ज्युको अनुभब :
बल्ल ४ दिन त भो, सुई लगाएको भोलि पल्ट (दोस्रो दिन) हल्का दुख्यो, ऐले ठिकै छ,, दोस्रो /अन्तिम डोज लगाए सि खोप पुरा हुन्छ रे,, यस्को प्रभावकारीता करिब ९० प्रतिशत छ भन्छन् “जान्नेहरु”!!
हामी त के जानम् र है, हेर्दै जाउ भोग्दै जाउ अरु कस्तो असर गर्छ !!!

सुशिला कार्की(लण्डन, अबिउड )
मलाई यो खोप महान् लागेकोछ , फ्लू भ्याक्सिन जस्तै, तर केहि भएन।
तर, गत ३१ डिसेम्बरमा २०२०मा कोभिड १९ विद्धको पहिलो डोज खोप लिएका वरिष्ठ नर्स राजेन्द्र पुडासैनीलाई गत सोमबार टेष्ट गर्दा पोजेटिभ देखिएको छ । कोरोनालाई पराजित गर्न फाइजर र बायोएनटेकको भ्याक्सिन तीन साताका बीचमा दुई डोज लिनु पर्नेछ । तर, उनले सोमबार टेष्ट गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएपछि हार्लाेस्थित एक अस्पतालमा कार्यरत वरिष्ठ नर्स पुडासैनी आइसोलेसनमा बसेका छन् ।

कसै कसैलाई चै थकाई लाग्ने, सार्है टाउको दुख्ने भएको पाइएको छ। हाल सम्म अरु कुनै तेस्तो नकारात्मक र डराउनु पर्ने अबस्था आएको छैन।
यदि उच्च तापक्रम छ भने कोरोनाभाइरस वा अर्को संक्रमण हुन सक्छ।

यदि तपाईको लक्षणहरु खराब हुँदै जान्छ वा तपाई चिन्तित हुनुहुन्छ भने, १११ मा अबिलम्ब कल गर्नुहोस् वा ९९९ मा अति जरुरि भएमा।
एलर्जी प्रतिक्रिया:
यदि तपाईंलाई कहिल्यै गम्भीर एलर्जीको प्रतिक्रिया (एनाफिलैक्सिस) छ भने खोप लगाउनु अघि स्वास्थ्य सेवा कर्मचारीलाई भन्नुहोस्।
बेलायतमा करीव १३ लाख भन्दा बढी व्यक्तिले कोरोनाको खोप लगाई सकेका छन ।

COVID-19 खोपका साईड इफेक्टहरू:
COVID-19 खोपको धेरैजसो साईड इफेक्टहरू हल्का हुन्छन् र एक हप्ता भन्दा लामो हुँदैन, जस्तै:
सुई लगाएको पाखुरा दुख्ने
थकित महसुस
टाउको दुखाई
पीडा महसुस
ज्वोरो वा बिरामी भएको जस्तो महसुस हुनु
दुखाई कम गर्न पेन्सिमेलरहरू लिन सक्नुहुन्छ, जस्तै प्यारासिटामोल, यदि तपाईंलाई आवश्यक छ भने।
यदि तपाईंसँग उच्च तापक्रम छ भने तपाईंलाई कोरोनाभाइरस वा अर्को संक्रमण हुन सक्छ।
यदि तपाईको लक्षणहरु खराब हुँदै जान्छ वा तपाई चिन्तित हुनुहुन्छ भने, १११ कल गर्नुहोस्।

एलर्जी प्रतिक्रिया : यदि तपाईंलाई कहिल्यै गम्भीर एलर्जीको प्रतिक्रिया (एनाफिलैक्सिस) छ भने खोप लगाउनु अघि स्वास्थ्य सेवा कर्मचारीलाई भन्नुहोस्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com