माल्टाको संसदमा माल्टा- नेपाल संसदीय मैत्री समूह स्थापना

लण्डन । माल्टा- नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ । नेपाल तथा माल्टाका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने एवं दुवै मुलुकका सम्मानित संसदका माननीय सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा उक्त समूहको गठन भएको हो।

नेपाली राजदुतावास बेलायतद्वारा जारी एक प्रेस बिज्ञप्तिमा भनिएको छ – दुवै मुलुकका संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले गठित सो समूहमा माल्टाको प्रतिनिधि सभाका सांसदहरु क्रिस फर्न, एडवार्ड जामिट लुइस, डेभिड अगिस र रोवर्ट कटजार रहनुभएको छ ।

युरोपियन युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच १५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहार्द एवं मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यसअघि माल्टामा माल्टा-नेपाल मैत्री समाज एवं माल्टा-नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको छ।

बेलायत तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधि सभाका सभामुख एन्जेलो फारुजियाको पहलमा यस संसदीय मैत्री समूह गठन भएको हो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com