एनआरएनएमा संस्थागत प्रकृया ओझेलमा परकै हो त ?

– चिरन्जीवी ढकाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा क्रमश लामो समयदेखि स्वर सुनिदै आएको छ । संस्थापन पक्ष जसरी पनि विधान संशोधन कोरोना महामारीकै बेला भर्चुअल जुम मार्फत तत्काल पारित गराउन चाहन्छ । संघकै करिब पाँच दर्जन कार्यसमितिकै साथीहरु विस्तृत अध्ययन गरेर पास गरौं भनिरहेका छन । मलाइ जानकारी भएअनुसार दुवै पक्षवीच पटक पटक भेटवार्ता भएका छन । वार्ता परिणाममुखी भन्दा दाउपेचमा परिणत भएको मैले बुझेको छु । संघ बैठकमै उपाध्यक्षहरु मन केसी, रवीना थापा, अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा र युरोपका क्षेत्रीय संयोजक नारायण आचार्यलगायतले हतारमा भन्दा बिस्तृत छलफल गरि अघि बढाऔं भन्दै पत्रकार सम्मेलनमा बोलेको मैले घरमै बसेर हेरिरहेको थिए ।

पक्ष र विपक्षमा मत बाडिदै जादा दिनदिनै मेरो मनमा पीर थपिदै गएको छ । हामीले आज भन्दा झण्डै १८ बर्षअघि जन्मभुमि छाडेर बिभिन्न मुलुकमा बसोवास गर्ने नेपालीलाई एकताको सुत्रमा बाध्न गैरआवासीय नेपाली संघ स्थापना गरेका थियौ । १८ बर्ष अघिको मेरो उमेर र जोसमा डा. उपेन्द्र मह्तो, भीम उदास, देवमान हिराचन, राम प्रताप थापाले साथ दिएपछि नेपालीले गर्व गर्न सक्ने संस्था जन्माउन पाएकोमा व्यक्तिगत रुपमा म दंग थिए । संसारभरका नेपालीलाई समेट्ने संस्था गठनले शरीरमा छुट्टै स्फुर्ति थियो । भर्खर जन्माएको संस्थामा अस्ट्रेलियाबाट शेष घले, बेलायतबाट प्रा. डा. सुर्य सुवेदी र नेपालबाट कुलचन्द्र गौतम बसेपछि एनआरएनएले नयाँ उचाई लिनेमा म ढुक्क थिए । त्यसपछि क्रमश धेरै प्रतिष्ठित साथीहरु जोडिदै जानु भयो ।उहाँहरु सवैको नाम यहाँ लिन संभव छैन । यो एनआरएनए बेलायतबाट सुरु गर्दा सन् २००३ देखि २००५ मा डा उपेन्द्र मह्तो अध्यक्ष हुनुुहुन्थ्यो भने म सचिव थिए । २००५ देखि २००७ मा अर्को कार्यकाल मैले काम गरेपछि म युरोप संयोजक तिर गए । अहिले गैरआवासीय नेपाली संघ ८० भन्दा बढी देशमा पुगिसकेको छ ।

प्रत्येक दुई बर्षमा जन्मभुमी नेपाल गएर सम्मेलन गर्ने र दशै तिहार परिवार सँग मनाउदै नेतृत्व पनि चयन गर्ने परम्परा नै बनिसकेको थियो । १६ बर्षपछि गत बर्ष नवौं सम्मेलनमा एनआरएनए पुग्दा संस्थाका आर्थिक र सांगठानिक प्रतिवेदन पारित नहुने अवस्थामा पुगे । बिगतमा पुर्व अध्यक्ष मह्तो र हामीले साचेको एनआरएनए विस्तारै बदलिदै जान थालेको आभास मैले त्यतिवेला पाए । लाखौं रुपैयाँ पाँच चारे होटलका अल्कोहलमा खर्च भए । तर आर्थिक पारदर्शितामा संस्था शुन्यमा झरेको महशुस मैले मनमनै गरे । म संस्थापक सचिव भएपनि संस्था भित्रको मेरो पहुच र अधिकार केही छैन । मैले अहिले दिने भएको एक थान सुझाब मात्र हो । त्यो पनि सुझाब जहिले पनि ऐच्छिक हुन्छ , त्यो बाध्यकारी हुदैन । त्यसैले मैले संस्थाका बारेमा सार्वजनिक रुपमै बोल्ने निर्णय गरेर लेख तयार गरे । यो लेख तयार गर्दै जाँदा १८ बर्ष अघिदेखि एनआरएनएमा लागेका केही अग्रजहरु बाहेक धेरै नयाँ व्यक्तिहरु छन । उनीहरु आ आफ्नो क्षेत्रमा विज्ञ पनि छन । म जस्ता पुराना व्यक्तिलाई भेट्दा एक थान नमस्कार गर्ने बाहेक संस्थाका परम्परा, संस्कार र एनआरएनए गठनका बारेमा आजसम्म एनसीसीदेखि आइसीसीसम्म कसैले मलाइ एक शव्द पनि सोधेको सम्झाना छैन । आ आफ्ना उद्देश्य पुर्तिका लागि ल्याएको प्रस्तावमा समर्थन पाउन बेला बेलामा केही कुरा सुनाउँछन । उनीहरुको प्रस्ताबमा समर्थन गरे धन्यवाद सम्म पाइन्छ । यी घटनाहरुले मलाई एनआरएनए जस्तो संस्था अब एउटा प्रयोगका साधनका रुपमा विकास भैरहेको अनुभव हुन थालेको छ । जब कुनै चिज बस्तुको रुपमा विकास हुन्छ त्यहाँ सामाजिक भावना हुदैन । खरीद वा बिक्री गर्ने साधन बन्न जान्छ । जस्ले बढी पैसा तिर्छ उसैले सामान खरीद गर्छ, बजारको नीति यहीं हो ।

साँझ सुत्ने बेलामा मेरो मनमा यस्तै, यस्तै कुराहरु खेलिरहेको थियो । संघका महासचिव हेमराज शर्माले विवाद बनिरहेको विशेष महाधिवेशनका लागि नयाँ प्रतिनिधिहरु पठाउन गैरआवासीय नेपाली संघका शाखाहरुलाई पत्राचार गरेको बिज्ञप्तीको समाचारमा एक्कासी आँखा पुग्यो । अनि मनमा कस्तो कस्तो नरमाइलो लाग्यो । धेरै साथीहरुले विधान संशोधनका बिषयमा बिभिन्न कुराहरु उठाएका छन । सवैलाई समेटेर लैजानु पर्ने बेलायमा महासचिव शर्माले संस्थागत मान्यता विपरीत एकलौटी ढंगले बिज्ञप्ती जारी गरि गरेर के उपलव्ध हासिल गर्लान र ? महासचिव शर्मा पनि पिएचडी गरेकै व्यक्ति हुन । उनले पनि अध्यापन गराएर जिबिकोपार्जन गरेकै छन । एउटा सम्मानित पेशामा भएका मानिसले अब्बल भएर देखाउनु पर्नेमा नीजि कम्पनी चलाए जस्तो व्यवहार देखाएको गुनासो धेरैले मसँग गरेका छन । कुनै पनि व्यक्ति अध्ययनशील वा धनाढ्य भएर मात्र पुग्दो रहेनछ, त्यसको व्यवहार नै समाजले जाच्ने कसि हो । महासचिव शर्माको जीवनमा पनि त्यो लागु हुन्छ जस्तो लाग्छ ।

सामाजिक संस्थाका बारेमा मनभित्रका अन्तरविरोध चलिरहेको बेला संघका महासचिव शर्माले पटक पटक सामाजिक संजाल मार्फत जारी गरेका सुचनाहरु मेरो मानस पटलमा आइरहन्छन । संघको विधान त कार्यकारी अधिकार संघका अध्यक्ष र महासचिवमा रहन्छ । तर, पनि संघलाई सामुहिक नेतृत्व प्रणालीमा लग्न त्यहाँ उपाध्यक्षहरु, सचिवहरु, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, महिला र युथ संयोजकहरु भएको कार्यकारी सचिवालय बनाएका छौं । त्यहाँ छलफल गरि सवैको भावनालाई समेटेर अघि बढनु पर्नेमा उनले व्यक्तिगत संस्था चलाए जसरी सामाजिक संजालमा सुचना जारी भएको देखेर मेरो मन थप छिया छिया भयो । अनि सोचे, यो धर्तिमा आमाको कोखबाट बच्चा जन्माउन मद्दत गर्ने पनि एक जना डाक्टर हुन्छ । एउटा आमाले कोखबाट बच्चा जन्माउन सकिनन् भने अप्रेसन गरेर बाहिर संसार देखाउन मद्दत गर्ने पनि डाक्टर हुन्छ । कहिले कहीं गलत औषधी दिएर वा सही उपचार नदिएर बालकालिकाको हत्या गर्ने पनि डाक्टर नै हुन्छ । झण्डै दुई दशक अघि जन्माएको प्वित्र संस्था एक पक्षीय निर्णयले दुघर्टना हुने हो कि भनेर अहिले मलाई धेरै चिन्ता लागेको छ ।

जीवन्त संस्थामा व्यक्ति आउँछ र जान्छ । संस्थामा एउटा पद्धति हुन्छ । संस्थाको स्थापित मान्यताहरु छन । त्यहाँ सामुहिक छलफल हुनु पर्छ । त्यहाँ सामाजिक भावना हुनु पर्छ । संस्थागत मर्यादाहरु उल्लघंन गरिए भने निर्वाचित व्यक्ति नै एकतन्त्रीय बन्न पुग्छ । अनि उसलाई जे मन लाग्यो त्यही निर्णय हुन्छ । अन्तत संस्थाको अवसान हुन्छ । आज ८० भन्दा बढी देशमा भएको संस्था आगामी दिनमा हेर्दा हेर्दै लाइट बालेर खोज्नु पर्ने अवस्थामा पुग्छ । क्षणिक स्वार्थमा जोडिएको मानिसहरु वा व्यक्तिहरुले आफ्नो स्वार्थ पुर्ति गरेर हिड्लान । तर, एनआरएनए सामाजिक संस्थाका रुपमा रहिरहन् सक्दैन् ।

(लेखक एनआरएनएका संस्थापक सचिव हुन)

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com