लण्डन । बेलायतमा कोरोना भाइरसले रुप परिवर्तन गरेर बढी संक्रमणसिल भएको र संक्रमितहरुको संख्या समेत वृद्धि भएर गएको कारण तेस्रो पटक देशब्यापी रुपमा लकडाउन गरिएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले बिज्ञहरुको सल्लाह अनुसार इंग्ल्याण्डमा अर्को जानकारी सार्वजनिक नगरिएसम्मका लागि लकडाउनको घोषणा गरेका हुन्।
प्रधानमन्त्री जोन्सनले सोमवार साँझ एक टिभी सम्बोधन मार्फत सबै बेलायतवासी घरपरिवारहरुलाई अत्यावश्यक काम बाहेक बाहिर नजान र घरमा नै बस्न आग्रह गरेका छन् | सरकारको निर्देशन उल्लघंन गरे प्रहरीलाई जरिवाना लगाउन अधिकार दिएको र सरकारी निर्देशनहरू लागू गर्ने प्रहरी तैनाथ गराइएको बताएका छन् । दैनिक जिबनमा अत्यावश्यक बाहेकका अन्य समानहरू बेच्ने पसलहरू, पुस्तकालयहरू, खेल मैदानहरू, सार्वजनिक स्थलहरु र आउटडोर जिमहरू र पूजा गर्ने धार्मिक स्थलहरू समेत बन्द गर्न आदेश दिइएको छ । विवाह र अन्य सार्वजानिक समारोहहरू पनि बन्द गरिएको छ। तर मृत्यु संस्कार भने तोकिएको मापदण्ड अनुसार गर्न भनिएको छ। एकै घरका सदस्यहरू बाहेक दुई भन्दा बढी व्यक्ति हरुको सार्वजनिक जमघटमा समेत प्रतिबन्धित लगाईएको छ ।
उता स्कटल्याण्डमा पनि सोमबार मध्यरातबाट नै लकडाउन लागू गरिएको छ । वेल्समा पनि जनवरी १८ सम्मका लागि सबै विद्यालयहरु अनलाइनमा सन्चालन हुने बताइएको छ ।
सरकारले ल्याएको नयाँ कानुनमाथि छलफलका लागि बुधबार भर्चुअलरुपमा बेलायतको संसद बस्ने र सोका बारे मतदान समेत हुने बताइएको छ। प्रधानमन्त्री जोन्सनको उक्त निर्णयलाइ बिपक्षी लेबर पार्टीका नेताले समेत समर्थन गरेका छन्।