नेपालमा नयाँ नक्सा अनुरूपका नयाँ सिक्का

काठमाडौँ । नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैङ्कले नयाँ नक्सा अङ्कित सिक्का प्रचलनमा ल्याउने भएको छ । नेपालको नयाँ नक्सासहितको सिक्का प्रचलनमा ल्याउन मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृतिसमेत प्रदान गरिसकेको बताइएको छ ।

नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले राष्ट्र बैङ्कले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा अङ्कित सिक्का टङ्कनको तयारी गरिरहेको जानकारी दिनुभयो । नापी विभागबाट लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्सा लिने काम भइरहेको बताउँदै उहाँले सिक्का छाप्न बोलपत्र आह्वान गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको स्पष्ट पार्नुभयो ।

‘‘मुलुकको नयाँ नक्सा अङ्कित सिक्का छाप्न मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रिपरिषद्को स्वीकृतिअनुसार एक रुपियाँ दरको सिक्का ३० करोडवटा र दुई रुपियाँ दरका १० करोडवटा छाप्ने तयारी भइरहेको छ,’’ सहायक प्रवक्ता पोखरेलले भन्नुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com