लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले विभिन्न प्रदेशमा गरेको आन्दोलनप्रति समर्थन ब्यक्त गर्दै ऐक्यवद्धता जाहेर गरेको छ। एनपीसीसी यूकेका कार्यबाहक सभापति महेश दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ – ‘करिब दुई तिहाइको वहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको संसद विघटन असंवैधनिक तथा अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस केन्द्रद्वारा विभिन्न प्रदेशमा आज भएको विरोध प्रदर्शनको नेपाली जनसम्पर्क समिति बेलायत पूर्ण समर्थन ब्यक्त गर्दछ।’
कार्यबाहक सभापति दाहालले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनहरुको सधैं अग्रपंक्तिमा रहेर नेतृत्व गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन् । दाहालले प्रतिनिधिसभा पुनस्थापना गर्ने कार्यमा सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।