अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. युवराज खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष डा. खतिवडाले शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्चपदस्थ सरकारी अधिकारीहरु पनि उपस्थित थिए ।

पूर्व अर्थमन्त्री समेत रहेका खतिवडालाई सरकारले गत महिना राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ पछि उनको नियुक्ति गरिएको हो ।

योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका खतिवडा अब छिट्टै अमेरिका जाने बताइएको छ ।

अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ नेपालले अनुमोदन गर्न ढिलाइ भइरहेका बेला खतिवडा राजदूतका रुपमा अमेरिका जाँदै छन् । उनी अर्थमन्त्री हुँदासमेत विवाद नसुल्झिएपछि सरकारले संसदमा अनुमोदन गराउन सकेको छैन । खतिवडा एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा रहेका छन् ।

तर, संसदीय सुनुवाइका क्रममा भने उनले त्यो संसदको विषय भएको भन्दै संसद र सरकारले निर्देशन दिए मात्रै आफूले कार्यान्वयन गर्ने बताएका थिए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com