बेलायतमा मंगलबारदेखि कोरोना भ्याक्सिन दिन शुरु गरिने , खोपको डोज बेल्जियमबाट आइसक्यो

लण्डन । बेलायतमा कोरोना भाइरसविरुद्ध विकसित गरिएको खोप विश्वमै पहिलो पटक मानिसहरुमा आउँदो मंगलबारबाट शुरु हुने भएको छ। त्यसका लागि ओैषधि निर्माता कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको सो खोपको डोज बिहीबार साँझ बेल्जियमबाट स्थलमार्ग हुँदै बेलायत आइसकेको छ।

सो खोप दिनका लागि बेलायत सरकारले ५० वटा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ट्रष्टहरुलाई जिम्मेवारी दिएको छ । बेलायतले फाइजर उक्त खोपको ८ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल ४ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ ।

बेलायतले आममानिसहरुको प्रयोगका लागि स्वीकृति दिएको उक्त खोपको पहिलो सामग्री विहीबार लण्डन आइपुगेको छ । बेलायतले पहिलो चरणमा केयर होममा बस्ने ज्येष्ठ नागरिक, एनएचएसमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, ज्येष्ठ नागरिक, मेडिकल समस्याका कारण जोखिम समूहमा रहनेहरु लगायतलाई खोप वितरण गर्ने योजना बनाएको बताईएको छ ।

परीक्षणका क्रममा फाइजर बायोएनटेक ९५ प्रतिशत प्रभावकारी पाइएको यो खोप आम प्रयोगका लागि सुरक्षित रहेको निश्कर्षसहित बेलायतले स्वीकृत प्रदान गरेको हो ।

खोपलाई माइनस ७५ डिग्रीमा भण्डारण गर्न पर्ने भए पनि सो तापक्रमबाट निकालेको ६ घन्टासम्म पनि खोपमा कुनै असर नपर्ने भएकाले केयर होममै लगेर खोप लगाउन सकिने पनि मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए)ले जनाएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com