माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना , अध्यक्षमा व्यवसायी टोमस मिकालौकास

लण्डन । नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने एबम् दुई देशबीच आर्थिक गतिविधिहरुको अभिवृद्धिका लागि नेपाली राजदूतावास, लण्डन तथा माल्टाका व्यवसायी तथा लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना भएको छ।

माल्टाका प्रसिद्ध व्यवसायी टोमस मिकालौकास नवगठित च्याम्बर अफ कमर्शको अध्यक्ष रहनुभएको छ भने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सोम सापकोटा, सचिव शंकर खाती र कोषाध्यक्ष ओलेग ज्याकोभलेस रहनुभएको छ। संस्थाको संरक्षकमा माल्टाका लागि नेपाली राजदूत रहनुभएको छ। माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उहाँको १७ जनवरी २०२० मा भएको माल्टाको औपचारिक भ्रमणको अवसरमा माल्टा- नेपाल च्याम्बर अफ कमर्श गठनको घोषणा गर्नुभएको थियो।

माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा संस्थाका संरक्षक डा. दुर्गाबहादुर सुवेदीले नेपाल र माल्टाबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र दुवै देशले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न तथा आर्थिक सहकार्यका लागि निरन्तर कार्य गरिरहेको बताउनुभयो। साथै उहाँले माल्टा र नेपालबीच व्यापारिक सहकार्यको ठूलो सम्भावना रहेको र माल्टा नेपाल च्याम्बर अफ कमर्शको स्थापनाबाट दुई देशबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने बताउनुभयो।

नवगठित माल्टा-नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष टोमस मिकालौकासले माल्टा र नेपाल दुवै लगानी तथा व्यापारका लागि उच्च सम्भावना भएका देशहरु रहेको र यस संस्थाले माल्टा र नेपालबीचको सहकार्यमा व्यापार तथा लगानी गर्न इच्छुक व्यवसायी तथा लगानीकर्ताहरुलाई सहयोग तथा सहजीकरण गर्ने बताउनुभयो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com