कोरोना कहरमा कात्तिक नाच : भगवान् विष्णुको तेस्रो अवतार वराहको प्रदर्शन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण यस वर्षको कात्तिक नाचमा शुक्रवार बराह अवतार देखाएर सुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको कात्तिक नाच पाटनको कृष्ण मन्दिरको डवलीमा उच्च सुरक्षाका तथा सिल गरि प्रदर्शन गरिएको हो ।

कार्तिक नाचअन्तर्गत भगवान् विष्णुको तेस्रो अवतार वराहको नाच प्रदर्शन गरेको हो । वराह नाचअन्तर्गत भगवान् विष्णुले हिरण्याक्षको वध गर्न वराहको अवतार लिनुभएको कथा छ ।कोरोना महामारीका दुई दिनमा सिमित पारिएको पाटनको प्रसिद्ध ’कार्तिक नाच’ बेलुकी ६ बजेबाट सुरु भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो ।

यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने भएको छ उहाँले भन्नुभयो, विगतका वर्षहरुमा बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक देखाइने छ । १८ देखि ६० वर्ष उमेरसम्मका कलाकारहरूले मात्रै नाचमा सहभागि भएको छ ।

चित्रकारले १८ वर्ष मुनिका र ६० वर्ष माथिका कलाकारलाई नाचमा सहभागि गराइँदा कोरोना जोखिम उच्च हुने भएकाले उमेर समूह तोकिएको बताउनुभयो ।
हरेक वर्ष कात्तिक शुक्ल पष्ठीको दिनदेखि पाटनको कृष्ण मन्दिरमा छेउको डवलीमा रातमा देखाइने कार्तिक नाच अन्तिम दुइ दिनमात्र प्रहसन गरिने उहाँले जानकारी दिनुभयो ।

लोकको चरित्र उदाङगो पार्न देखाइने कात्तिक नाच ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लको संसारलाई ब्युँझाउनका लािग देखाउन लगाएको बाथः प्रहसन हो ।

३७९ वर्षदेखि अविछिन्न रुपमा चल्दै आएको कात्तिक नाच मल्लकालमा एक महिनासम्म मनाउने भए पनि पछिल्लो समयदेखि यो नाच कात्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म (१२ दिन) छोट्याएर देखाइँदै आइएको छ । त्यस अवधिमा कृष्णलिला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लिला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलिला लगायतका नाचहरू देखाउने गरिएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com