दुङ्जिन् लोपोन रिन्पोछें र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष बीच भेटवार्ता

न्यूयोर्क। दुङ्जिन् लोपोन रिन्पोछें दावा साङ्बो योल्पोमा र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का केन्द्रीय अध्यक्ष श्री सोमनाथ घिमिरे वीच फाउण्डेशनकै कार्यालय न्यूयोर्कमा भेटवार्ता भएको छ । सो भेटवार्तामा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, केन्द्रीय सदस्य एवं महिला संयोजक श्रीमती दावा शेर्पा, केन्द्रीय सदस्य एवं समुदाय प्रबन्ध निर्देशक छिरिङ राप्के लामा र सदस्य श्रीमती सोना याङ्जी शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त भेटवार्तामा रिन्पोछें योल्पोमाले लेख्नु भएको बौध्द ग्रन्थ प्रकाशन र न्यूयोर्कमा विमोचन गर्ने सम्बन्धमा व्यापक छल्फल भएको थियो। यसरी भएको भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारी हरुलाई रिन्पोछेंले शुभ आशीर्वाद तथा अष्टमङ्गल अंकित खादा सहित हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो – “भवतु सर्व मङ्गलम्!”

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com