आइएमई लण्डनले परोपकारी उद्धेश्य राखेर नेपाल पठाइएको पैसामा थप सहयोग गर्ने

लण्डन । आइएमई लण्डनले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले विभिन्न कार्यका लागि सहयोग वापत उठाएको पैसा नेपाल पठाउँदा थप सहयोग गर्ने भएको छ । परोपकारी उद्धेश्य राखेर नेपाल पठाइएको पैसामा कम्पनीका तर्फबाट समेत निश्चित रकम थप गरेर नेपालमा जम्मा गराइदिने घोषणा बेलायतबाट सञ्चालित रेमिट्यान्स कम्पनी आइएमई लण्डनले गरेको हो ।

आइएमई लण्डनका प्रबन्ध निर्देशक कमल पौडेलका अनुसार संस्थाहरुले उठाएको रकम आइएमईमार्फत पठाएमा पठाइएको सहयोग राशीको शुन्य दशमलब सात प्रतिशत आइएमईले थपिदिने छ । उनले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले गरिररहेको सामाजिक कार्यमा थोरै सहयोग मिलोस् भनेर यो योजना ल्याएको बताए ।

‘सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्था र अभियन्तालाई हौसला प्रदान गर्ने हाम्रो लक्ष्य छ’, निर्देशक पौडेलले भने – ‘समुदायमै आधारित व्यवसायका रुपमा समाजप्रतिको हाम्रो उत्तरदायित्व निर्वाह होस् भन्ने पनि हामीले चाहेका छौं ।’

आईएमई लण्डनको यो विशेष अफर आउँदो चैत अन्त्यसम्म कायम रहनेछ । यो सुविधाबाट नेपालमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकाहरु लाभान्वित बन्ने विश्वास कम्पनीको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com