काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोत-साधनमा सगरमाथाको उचाई मापन गरेको हो ।
मन्त्रीपरिषद्बारा स्वीकृति प्रदान भइसकेपछी अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सन् २०१९ मा चिनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सँयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो । सोहीबमोजीम नेपाल र चिनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।
यसअघी विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहिआएको छ ।