वाग्मती प्रदेशभित्र कौसी खेती गरेका महिला पुरस्कृत

ललितपुर । वाग्मती प्रदेशभित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् ।

विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहनुभएकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कारस्वरुप पाउनुभयो । भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी उत्पादन गर्दै आइरहेको भगवतीको भनाइ थियो । “घरको कौसीमा तरकारी उत्पादन गर्दा सम्मान पाउँछु भन्ने सोचेको थिइनँ”, उहाँले भन्नुभयो ।

यसैगरी विगत सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएनुभएकी ग्वार्काे वडा नं १ सुगमटोल निवासी कोपिला खनाल पनि रु १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत हुनुभयो ।पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई वढवा दिँदै आइरहेको कोपीलाले सुनाउनुभयो ।

एकवर्षदेखि सो खेतीलाई बढावा दिँदै आइरहनुभएकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामानबाट पुरस्कृत हुनुभयो । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क तरकारी वितरण गरेको पवित्राले बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश, सहकारीमन्त्री दावादोर्जे लामाले कौसी खेतीले अर्गानीक उत्पादनमा जोड पु¥याउनुका साथै स्वस्थ् जीवनयापन गर्न पनि सहयोग गर्ने चर्चा गर्नुभयो । सो मन्त्रालयका सचिव डा मतिना बैधले गतवर्ष प्रदेश सरकारले उक्त खेती प्रवर्धनका लागि काठमाडौँका ८२५ र चितवनका सय घरलाई ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको बताउँदै कृषि पेशा मानिसको जीवनको मूल उद्देश्यसमेत रहेको औँल्याउनुभयो । हलोखबर डटकमका सम्पादक मनोज श्रेष्ठले वाग्मतीका १२० कौसी किसानमध्ये उत्कृष्ट सातलाई सम्मान गरिएको बताउनुभयो । – रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com