अमेरिकाको ज्येष्ठ राष्ट्रपति ७८ वर्षका बाइडेन भन्छन- 'ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन्'

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । बाइडेन शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले शपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुने जनाइएको छ ।

यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा शपथ ग्रहण गरेका बेला तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म रेगनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिँदैआएको थियो ।

उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार वर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ । उमेरको हिसाबले बाइडेन वृद्ध भए पनि अहिलेको सङ्कटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामानै रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरूले बताएका छन् । बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकी कमला ह्यारिस भने झण्डै २० वर्ष कान्छी हुन्।

‘ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन्’

बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले “एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको” बताएका छन्। उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाए। बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्।

बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन्। कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले यस्तो बताएका हुन्।

उनले भने, “राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्। र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।”

ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन्। उनले आफ्नो रणनीति परिवर्तन गर्न अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com