अमेरिकामा कोरोनाबाट दुई लाख ५० हजारभन्दा बढीको मृत्यु , न्यूयोर्कका विद्यालय बन्द

न्यूयोर्क।अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ ।

यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् । अमेरिकामा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये दुई लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधबार एकै दिनमा एक लाख ५७ हजार ९५० जना थप व्यक्ति सङ्क्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ ।

अमेरिकी राज्यहरू र शहरले कोभिड सङ्क्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् । न्यूयोर्कका नगरप्रमुख बिल डे ब्लासियोका अनुसार सहरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करिब एक हजार ८०० विद्यालयहरूलाई बन्द गरिएको छ । ती विद्यालयहरूले दूर शिक्षालाई बिहीबार देखि नै अभ्यासमा ल्याएका छन् ।

नगर प्रमुख ब्लासियोले भन्नुभयो, “हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।” अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत विरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशङ्कित बनेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com