कोरोना खोप चाडैंनै तयार हुने भारतको विश्वास

नयाँ दिल्ली। एसियामा चीनपछि अब भारतले पनि कोरोना खोप तयार हुने विश्वास व्यक्त गरेको छ । भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले तीनदेखि चार महिनाभित्रमा उक्त समयमा कोरोना खोप तयार हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

उनले सबै भारतीय नागरिकहरुलाई वैज्ञानिक मूल्यांकनअनुसार विभाजन गरी खोप दिइने बताएका छन् । उनले स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध लड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरु स्वाभाविक हिसाबमा नै प्राथमिकतामा पर्ने बताए । उनले सन् २०२१ सबैका लागि तुलनात्मकरुपमा राम्रो हुने विश्वास व्यक्त गरे ।

भारतले महामारी नियन्त्रणमा चालेका कदमहरु निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । सही समयमा आवश्यक कदम चाल्न सकिएकाले कोरोनाको असर धेरै देखिन नपाएको उनले बताए । सुरुवातमा मास्क, पीपीई सेटजस्ता आवश्यक स्वास्थ्य उपकरणको अभाव झेल्नुपरे पनि अहिले यी उपकरणहरु निर्यात गर्ने अवस्थामा पुगेको भन्दै उनले छोटो समयमा भारतले महामारी नियन्त्रणका लागि महत्वपूर्ण काम गरेको बताए ।

यसबाट छिमेकी राष्ट्र नेपालमा पनि सर्बसुलभ रुपमा खोप उपलब्ध हुनेमा आशा एबम बिश्वास गरिएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com