अक्षयको ‘लक्ष्मी’ डिजिटल प्लेटफर्ममा सफल कि असफल ?

मुम्बई। बलिउडमा नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बरमा डिज्नी, हटस्टारबाट रिलिज भयो । कोरोनाका कारण हलहरु बन्द भएपछि यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिएको हो ।

७ महिनादेखि बन्द रहेका भारतका हलहरु एक महिना अगाडि सुचारु भए । तर, हलमा दर्शकको उपस्थिती छैन । नयाँ चलचित्र रिलिज नभएकाले हलसम्म दर्शकको आकर्षण नभएको हो । लकडाउन भएपछि बलिउडका अधिकांश चलचित्रहरु डिजिटल प्लेटफर्ममा रिलिज भए । निर्माताले हल खुल्ने निश्चित नभएपछि ओटीटी प्लेटफर्ममा चलचित्र रिलिज गरेका थिए ।

डिज्नी र हट स्टारले सबैभन्दा बढी अपेक्षा गरेको चलचित्र थियो, नायक अक्षय कुमारको ‘लक्ष्मी’ । रिलिज अगाडि निकै आशाका साथ हेरिएको यो चलचित्रले रिलिजको पहिलो दिन रेकर्ड ब्रेक गर्यो । दर्शकले यो चलचित्रलाई पहिलो दिन उत्साहका साथ हेरे । चलचित्र रिलिज भएको केही घन्टामै यसले भ्यूअरसिपको रेकर्ड तोडेको बताइएको थियो । यो चलचित्रले डिजिटल प्लेटफर्ममा अहिलेसम्मकै सर्वाधिक धेरै हेरिने चलचित्रको रेकर्ड बनाएको उल्लेख थियो । यो कुराको जानकारी डिज्नी र हटस्टारका संचालकले ट्विटरमार्फत दिएका थिए ।

तर, दर्शक र समिक्षकको नकारात्मक प्रतिक्रियाका कारण चलचित्रले डिजिटल प्लेटफर्ममा दर्शकको साथ उल्लेख पाउन सकेन ।

भारतीय मिडियाका अनुसार, एक सातामा यो चलचित्रले डिजिटल संचालकको यो चलचित्रमाथिको लगानीको आधा प्रतिशत मात्र लगानी सुरक्षित गरेको छ । यसैले, यो चलचित्रबाट पनि लगानीकर्तालाई ठूलो रकम घाटा लाग्ने पक्का छ । यसले, डिजिटल प्लेटफर्ममा महंगो रकम दिएर चलचित्र किन्न चाहने संचालकहरुलाई सोच्न वाध्य बनाएको छ ।

अब, डिजिटल प्लेटफर्मका संचालकहरुले बलिउडका निर्मातालाई चलचित्र किन्नु अगाडि विशेष शो आयोजना गर्न माग गरेका छन् । क्रिसमसमा रिलिज हुन लागेको चलचित्र ‘कुल्ली नम्बर १’को विशेष शो आयोजना गर्न डिजिटल प्लेटफर्म संचालकले निर्मातासँग आग्रह गरेका छन् ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com