प्रधानमन्त्री जोनसन पुनः ‘आइसोलेसन’मा : के कोरोना पटक-पटक सर्छ ?

लण्डन। बेलायतको संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएसंगै प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसिरहेका छन् । ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।

एनएचएसले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको बताइएको छ। ती सङ्क्रमित भएका सांसदसँग प्रधानमन्त्री जोनसोनले झण्डै ३५ मिनेट बैठक गरेका थिए । सो बैठकमा अन्य केही सांसदहरू पनि सहभागी भएका थिए । अरु सांसदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिंदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पूर्णरुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् । उनी सेल्फ आइसोलेसनमा भए पनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उहाँले आइसोलेसनबाटै गर्ने जनाइएको छ ।

“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उहाँलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उहाँलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने । प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात विताएका थिए । उनलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

उनलाई एनएचएसले परीक्षण र हेरचाह गर्ने, अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उहाँ बाहिर निस्कन सक्ने सम्भावना छ ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com