काठमाडौं। कुनै प्रख्यात साहित्यकारकाे जन्मजयन्ती समाराेह भन्ने वित्तिकै केही व्यक्ति जम्मा हुने, तस्बिरमा माल्यार्पण गर्ने र भाषण तथा उहाँहरूकाे याेगदानकाे चर्चा गरिन्छ । तर एक युवा कवी तथा आराेहीले भने अलिक फरक ढङ्गले मनाउनु भएकाे छ ।
सधैं एकै किसिमले गर्नुभन्दा फरक गराै भनेर महाकवी लक्ष्मीप्रसाद देवकोट तथा आख्यानकार रमेश विकलको जन्मजयन्तीको अबसरमा उहाँहरूको तस्बिरलाई चुलु इस्ट हिमालको चुचुरोमा पु-याइयाे । प्रथम साहित्यिक हिमाल आरोही तथा महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण सापकोटा तथा उद्धव थापाले आज दिउँसो ११ बजे चुचरोमा पुग्नु भएको र दुबै सहित्यकारको तस्बिर राखेर जन्मजयन्ती मनाएर नयाँ शुरुवात गरिएको बताउनुभयो ।
मनाङ जिल्लामा रहेको चुलु इस्ट हिमाल ६ हजार ५ सय ८४ मिटर अग्लो छ ।