ग्रीसमा कोरोनाका कारण विद्यालयहरु बन्द गर्ने घोषणा

एथेन्स।अस्पतालमा कोभिड–१९ सङ्क्रमित विरामीको भीड लाग्न थालेपछि सङ्क्रमण नियन्त्रणका लागि ग्रीसले शनिबार यहाँका सबै प्राथमिक, पूर्वप्राथमिक तथा ‘डेकेयर सेन्टर’ सबैलाई बन्द गर्ने घोषणा गरेको छ ।

“ग्रीक सरकारले विद्यालयहरूलाई आगामी नोभेम्बर ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ,” सरकारका स्वास्थ्यमन्त्री वासिलिस किकिलियसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उहाँले भन्नुभयो, “आधारभूत विद्यालय बन्द गर्ने कुरा नियन्त्रणको अन्तिम उपाय बनाउने हाम्रो इच्छा छ । अहिलेको गम्भीर अवस्थालाई नियन्त्रणमा लिन विद्यालय बन्द गर्नु एक सान्दर्भिक विकल्प देखियो ।” केन्द्र सरकारले घोषणा गर्नुपूर्व नै स्थानीय पहलमा अधिकांश विद्यालय सोमबार देखि नै बन्द रहेका छन् ।

यूरोपका अधिकांश विद्यालयहरूले दोस्रो लहरको सङ्क्रमणका समय पनि विद्यालय खोलिरहेका र कतिपयले दूर शिक्षा प्रणालीको सहायतामा कक्षाहरू सञ्चालनमा ल्याएका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com