बेलायतका लागि प्रस्तावित राजदुत रेग्मीलाइ संसदीय सुनुवाइ समितिद्वारा सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । बेलायतका लागि प्रस्तावित राजदुत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाइ संघीय संसद् संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ। रेग्मीविरुद्ध एउटा उजूरी परे पनि उजुरीकर्ता भने समितिसमक्ष उपस्थित भएनन् ।

राससका अनुसार रेग्मी संगै संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतहरुको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको आजको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका हुन्।

सरकारले रेग्मी संगै अमेरिकामा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा र दक्षिण अफ्रिकामा डा निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो । बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कूटनीतिलाई प्रवर्धन गर्दै मुलुकमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेशाव्यवसाय गरी रहेबसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरुले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गरे।

प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र यसअघि बैठकमा सदस्यले उनलाई लक्ष्य गरी परेका उजुरीबारे स्पष्टीकरण माग गर्दै मुलुकको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिएका थिए । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने सवैधानिक प्रावधान छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com