बेलायतका प्रधानमन्त्रीद्वारा मानवअधिकारको रक्षा गर्न पाकिस्तानलाई आग्रह

लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गर्नुभएको छ ।उहाँले बुधबार बेलायतको संसदको बैठकमा बोल्ने क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्छ भन्नुभएको थियो ।संसदमा यहाँका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।सो प्रश्नको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले भन्नुभएको थियो– हामीले पाकिस्तानको सरकारलाई यो भन्न चाहन्छौँ कि पाकिस्तानले आफ्ना नागरिकहरुको कम्तीमा पनि उनीहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्दछ ।

केही समय यतादेखि पाकिस्तानमा नागरिकहरुको अधिकार हनन् हुने गरेको र यस्तो कार्य भइरहेको भए पनि यहाँका सरकारी अधिकारीहरुले नै बेवास्ता गर्ने गरेको भन्दै त्यसको विरोध हुदै आएको थियो ।
यसै विषयमा बेलायतको संसदमा पनि यहाँका प्रधानमन्त्री जोनसनलाई पो प्रश्न गरिएको थियो ।

पाकिस्तानमा पछिल्ला केही समयमा यहाँका नागरिकहरुको गैरन्यायिक हत्या हुने गरेको आरोप लगाइएको छ । यस क्रममा विश्वका अरु देशले पनि मानवअधिकारको हनन् भएको भन्दै चासो लिने गरेका छन् । तर पाकिस्तानले भने यहाँ यस्ता कार्यमा संलग्नहरुमाथि कारबाही गरिएको बताउने गरेको पनि समाचारमा जनाइएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com