बेलायत युरोपमा सबैभन्दा बढी व्यक्तिहरु कोविडको कारणले मृत्यु हुने पहिलो देश बन्यो

लण्डन। बेलायतमा आज सबै भन्दा बढी एकै दिनको  रेकर्ड ३३,४७०  व्यक्तिमा  कोरोनाभाइरसको लक्षण देखिएकोछ।  बेलायत सरकारको नयाँ दैनिक तथ्यांक अनुसार आज भएको परिक्षणमा उक्त संख्या बराबर  सकारात्मक (पोजेटिभ ) देखिएको हो ।

यो युकेमा सामूहिक परीक्षण सुरु भएदेखि सबैभन्दा बढी दैनिक संख्या हो र हाल सम्म यस बाट  संक्रमित बयाक्तिहरुको कुल संख्या १.२९  मिलियन भन्दा बढी भैसकेकोछ ।

बेलायतमा कोरोना परीक्षणको मात्रा वृद्धिगरे संगै  हालसालैका हप्ताहरूमा संक्रमितहरुको संख्या स्थिर रूपमा बढेको छ।

बेलायत सरकारका  मन्त्री आलोक शर्माका अनुसार बढ्दो केस संख्या “भाइरसको फैलावट रोक्नको लागि हामीले किन कदम चाल्दैछौं भनेर हामीलाई सम्झाइएको छ”।

हिजो (बुधबार) बेलायत युरोपमा सबैभन्दा बढी, ५०,००० माथि बयाक्तिहरु कोविडको कारणले मृत्यु हुने पहिलो देश बन्यो।

बिहीबार एकै दिनको आंकडामा ४५.८ %ले वृद्धि भएको देखिन्छ, बुधवारको २२,९५० को तुलनामा।

बीबीसी स्वास्थ्य र विज्ञान संवाददाता जेम्स गालाघरले भने कि घटनामा भएको वृद्धि,  इंगलैंडको  चार हप्ताको राष्ट्रिय तालाबन्दीको दौडमा मानिसहरुको व्यवहारमा परिवर्तन आएको हुनसक्दछ, जुन ५ नोभेम्बरमा सुरु भयो तर  ३१ अक्टूबरमा घोषित भयो।

पब्लिक हेल्थ इंगलैंड (पीएचई) का मेडिकल निर्देशक डा  योभ्ने डोयलले भने: “आज रिपोर्ट गरिएको अधिकांश घटनाहरू ९  र १० नोभेम्बरमा गरिएको परीक्षणबाट थिए, जसमा नोभेम्बरमा नयाँ उपायहरू पुर्‍याउने दिनमा प्राप्त संक्रमणहरू पनि समावेश छन्।

“अरूसँग सम्पर्क सीमित गर्नाले भाइरसको फैलावट रोक्न र हामीले माया गर्ने व्यक्तिको रक्षा गर्न मद्दत गर्दछ,” उनले भनिन्।

डा डोएलले थपे कि संक्रमणको उच्च दर युवा पुस्ताहरूमा देखिन थालेकोछ, तर चिन्ता गरिहाल्ने अबस्था छैन , ८०  बर्ष भन्दा माथि उमेरकामा “चिन्तापूर्वक” उच्च  वृद्धि भइरहेको छ, जो गम्भीर बिरामी हुने बढी जोखिममा छन्।

विज्ञहरूले यसभन्दा अघि दैनिक तथ्यांकलाई  रेकर्डको रूपमा वर्णन नगर्न चेतावनी दिएका थिए किनभने महामारीको पहिलो छालमा कुनै व्यापक परिक्षण गरिएको थिएन तर अहिले ब्यापक परिक्षण भैरहेको हुनाले संक्रमितको संख्या धेरै नै देखिरहेको छ ।

(साभार: बिबिसी)

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com