– द्रोण रिजाल
“मैले लेख्ने गजलहरुमा तिम्रो नै नाम थियो,
तिमी बस्ने सहरहरुमा, मेरो नै बदनाम थियो “
गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापाले गीतकार यशु थापाको गीती एल्बम “नाम “ १० नोभेम्बरका दिन सार्वजनिक गर्नुभएको छ |
नेपाली कला, साहित्य र सन्स्क्रिती लाई जीवन्त राख्नका लागि बेल्जियम बाट कला साहित्यिक छेत्रमा योगदान दिदै आउनुभएकी थापाको बिभिन्न गजल सहितको साँगितिक एल्बम सार्वजनिक गरिसक्नुभएको भएको छ |
उहाको पहिलो एल्बम “गीतान्जली ” सार्वजनिक पछी दर्शक र श्रोताले अत्याधिक मन पराईदिएकाले उत्साहित भएर दोस्रो साँगितिक एल्बम “ नाम “ सार्वजनिक गर्नुभएको छ |
नेपाल र भारतका बिभिन्न ठाउँहरुको मनमोहक द्रिश्यहरु कैद गर्दै छायाँकन गरिएको सांगीतिक एल्बममा राज सागर र सुरज थापाले संगीत दिएका छन भने आनन्द कार्की, अन्जु पन्त, नीशा देशार, सुरज थापा र राज सागरको स्वर रहेको छ |
एल्बममा ५ वटा गीतहरु रहेका छन भने गितकार स्वयम यशु थापा, राज सागर र नेदरल्यान्ड्सकी चेली कलाकार बर्षा खड्का लगायतको ससक्त अभिनय रहेको छ |